एल. पी. साँवा लिम्बु
जिम्मेवार व्यवसाय, विकास र समृद्धिमा हाम्रो प्रतिबद्धता
लगानीको सुनिश्चितता र रोजगारीको सृजना आजको आवश्यकता
यो मुल नारा सहित हामी नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको ऐतिहासिक दोश्रो राष्ट्रिय महाधिवेशनको संघारमा छौं । चैत २३ र २४ गते हुन गईरहेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
हामी यस्तो बेला महाधिवेशन गर्न गइरहेका छौं, जतिबेला देशको आर्थिक अवस्था निकै संकटग्रस्त बनेको छ । यो संकटमा राज्य मुकदर्शक झैं लाग्छ । सरकार भएर पनि नभए झैं देखिन्छ ।
अबको हाम्रो बाटो
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेकपा (एमाले) को जनवर्गिय संगठन हो । महासंघलाई हामी आगामी दिनमा उद्योगी व्यवसायीहरुको सबैभन्दा अग्रणी एवम् नेता संस्थाको रुपमा अगाडि बढाउन चाहन्छौं ।
अहिले हाम्रो महासंघ जनवर्गिय संगठनको रुपमा त छ तर यो संस्था भनेजस्तो सबै ठाउँमा पुग्न सकेको छैन् । अब हामी यो महासंघलाई यही रुपमा छाड्ने पक्षमा छैनौं । यसलाई हामी नयाँ गति दिन चाहन्छौं । अब हामी चाँडै नै स्थापना दिवस भव्य रुपमा मनाउने तयारीमा छौं । महाधिवेशन सकिएपछि यसमा जुट्दैछौं ।
यो महाधिवेशनमा प्रस्तुत हुने गरी विभिन्न डकुमेन्टहरु तयार गरेका छौं । यसमा आगामी दिनमा महासंघ हिड्ने बाटो तय गरेका छौं । अहिलेको नेपालको आर्थिक अवस्था के हो ? जस्ता खाका डकुमेन्टमा राखेका छौं । हामी के गर्देछौं ? र भोलि महासंघले गर्ने काम के हो ? यो महासंघले व्यवसायीहरु माझ के–के गर्छ ? आम व्यवसायीहरुको साझा समस्याहरु व्यवस्थापन गर्नलाई के गर्छ ? भन्ने विषयलाई समेत हामीले डकुमेन्ट तयार गरेर अगाडि बढेका छौं ।
देशभर रहेका व्यवसायीहरुले के व्यवसाय गर्छन् ? जस्ता पेशागत पहिचान गर्ने तयारीमा हामी छौं । पूर्वमा भएको उत्पादन पश्चिममा पुगिराखेको हुँदैन् । पश्चिममा उत्पादन भएको वस्तुको पूर्वमा नेटवर्क हुँदैन् । यसलाई पार्टीगत नेटवर्कभित्र हाम्रो व्यवसायलाई जोड्छौं । मार्केट लिंकेच गर्नेगरी अभियान कै रुपमा हामी छौं । र प्रडक्ट पहिचान गराउने काम हामी गर्छाै ।
अब हामी के गर्छाै ?
हामी व्यवसाय प्रर्वद्धन हुने खालको व्यवसायिक तालिमहरु गर्छाै । व्यवसायीहरुले जे काम गर्देहुनुहुन्छ, त्यसमा थप ज्ञानको आवश्यकता हुन्छ र पर्छ । हामी त्यसमा क्षमता विकास लगायतका तालिम गर्छाै । हामी इनोभेटिक व्यवसाय गर्ने तयारीमा छौं ।
यहाँ कपी विजनेश अर्थात एउटाले जे व्यवसाय गर्याे अरुले पनि त्यही गर्ने गरेको पाईन्छ । अब त्यसरी होइन इनोभेटिव गर्नुपर्याे । यसका लागि आइडिया चाहियो । त्यसका लागि हामी अन्र्तराष्ट्रिय भिजिट एक्स्पो आयोजना गर्छाै । अन्तराष्ट्रिय भिजिटहरु हाम्रा व्यवासयीहरुलाई गराउँछौं । यसबाट संगठन निर्माणमा सहयोग पुग्छ ।
अहिले काम गर्दागर्दे थुप्रै समस्याहरु छन् । नितिगत समस्या छन् । यी समस्या कसरी फुकाउने । हाम्रो राजनीतिक दलहरुले पनि व्यवसायीका समस्या जस्ताको तस्तै बुझेका छैनन् । अनि सरकारले पनि बुझेको छैन् । किनभने राजनीतिक दलका मान्छेहरुले समस्या नबुझेपछि त्यही पार्टीका मान्छेहरु सरकारमा पुग्छन् ।
हामी दुबैलाई व्यवसायीहरुको समस्या बुझाउँछौ । रोजगारी सिर्जना गर्ने र राज्यलार्य कर बुझाउने संस्था हो भनेर हाम्रो महत्व बुझाउँछौं । यसका लागि हामी टिम निर्माण गर्छाै । त्यो टिमले व्यवसायीहरुका समस्या हल गर्न मद्दत गर्छ । नितिगित सुधार गर्छ । अर्काे टिमले क्षमता विकास गर्छ । यसरी विभिन्न विज्ञ टिम निर्माणमा महासंघ जुटेको छ ।
महासंघमा आकर्षण कसरी ?
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ (नेकपा एमाले) को जनवर्गिय संगठन हो । एमालेको भातृ संगठन भए पनि हामी आम व्यवसायीहरुको हितमा काम गर्छाै । सामाजिक अभियान पनि चलाउँछौं ।
यसरी सामाजिक अभियानमा जोडिदै जाँदा अन्य नन पोलिटिकल साथीहरु पनि हामीसँग जोडिन्छन् । हाम्रा क्रियाकलापमा जोडिन्छन् । उनिहरुको समस्या हामीले सम्बोधन गरेपछि उनिहरु स्वतः हामीसँग जोडिन्छन् ।
यो महासंघको सदस्य हुनलाई हाम्रो पार्टीको सदस्य हुनुपर्छ भन्ने छैन् । यहाँ स्वतन्त्र व्यक्तिहरु पनि हुन्छन् । विस्तारै हामी पार्टीमा जोड्छौं । स्वतन्त्र व्यवसायीहरुलाई पनि हामी नेकपा एमाले बनाउन यो महासघले काम गर्छ ।
सरकार जिम्मेवार बनोस्
हिजो साढे ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार थियो । मुलुकलाई स्थिरता र विकास तर्फ अगाडि बढाउने प्रयत्न भएका थिए । धेरै राम्रा कामहरु शुरु भएका थिए । यो बीचमा जनादेशबाट होइन सिधै अदालतको सहारमा परमादेशबाट देउवा सरकार बन्यो । यो सरकार के हो ? के होइन भन्ने कुरा सबैलाई थाहा नै छ ।
यो सरकारले न हिजोका राम्रा कामहरु निरन्तरता दिन सकेको छ, न व्यवसायीहरुको समस्याको सम्बोधन गर्न सकेको छ । यतिखेर व्यवसायीहरु चौतर्फी समस्यमा छन् । देशको आर्थिक अवस्था विकराल बन्दै गइरहेको छ । रेमिट्यान्स घटेको छ । आयात बढेको छ निर्यात घटेको छ ।
अन्र्तराष्ट्रिय मुद्रा सञ्चितमा ठूलो प्रभाव परेको छ । छ महिना भन्दा आयात गर्ने क्षमतामा हामी छैनौ । बजार भाउ आकासिएको छ । प्रेटोलियम पदार्थको मूल्य अचाक्ली बढेको छ । तरलतको असर बैंकिङ क्षेत्रमा देखिएको छ । बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् ।
यस्तो विकराल समस्या छ तर राज्य गम्भिर छैन् । सरकारलाई कुने चिन्ता छैन् । हामी सरकारलाई गम्भिर हुन ध्यानाकर्षण गराउँछौं । सरकार बेलैमा सचेत भएन भने हामी श्रीलंकाको बाटोमा हिड्ने अवस्था आउँदैछ । म सरकारलाई विनम्रपूर्वक भन्छु, देशको अवस्था गम्भिर मोडमा पुगेको छ जिम्मेवार ढंगले समस्या हल गर्नुस् ।
सर्वसम्मत नेतृत्व
हामी सर्वसम्मत नेतृत्व चयन गरेर नयाँ सन्देश दिन चाहन्छौं । किनभने हामी चुनावमा होमिसकेका छौं । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । लगतै अन्य निर्वाचन अर्थात प्रतिनिधिसभा र प्रदेश सभाको आउँदैछ । त्यसैले हामी घनिभूत छलफल गरेर आन्तरिक लोकतन्त्रको उच्चतम् प्रयोग गरेर सबै साथीहरुलाई व्यवस्थापन गरेर महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नेछ ।
अहिले भइरहेकै टिमबाट नेतृत्व आउनेछ । हामीले सबैलाई समेट्ने प्रयास गरेका छौं । प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेगरी व्यवस्था मिलाइएको छ । त्यस्तै महानगरबाट एक जना, बस्तुगत संघहरुबाट चारजना सम्म आउने व्यवस्था गरिएको छ ।
प्रदेशबाट ४ जनासम्म आउने गरी व्यवस्था मिलाएका छौं । संघीयताको मर्म अनुरुप महासंघले आफ्नो महाधिवेशन सम्पन्न गर्न लागिरहेको छ । हामीले महिला सहभागितालाई सुनिश्चितता गरेका छौं ।
यसरी उत्साही र उर्जाशील २९९ जनाको नयाँ टिम आउनेछ । अब यस्तो नयाँ टिम, जुन टिमको नेतृत्व समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानका अगुवाई गर्ने मान्छेहरु आउनेछन् ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित
सात प्रतिशत पनि नकट्ने माओवादी अब कहिल्यै पार्टी बन्दैन
पुरञ्जन आचार्य२०६४ सालमा माओवादी केन्द्रले संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ १२० सीट जितेको थियो। २०६४ सालमा ३०
यस्तो छ आज फागुन ११ गते बुधवारको राशिफल
काठमाडौं । आज २०७८ फागुन ११ गते बुधवारको राशिफल । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : कामका प्रतिफल
यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)
यस्तो हो लुम्विनी प्रदेशको यथार्थ, मुख्यमन्त्रीले खुलाए रहस्य
शंकर पोखरेललुम्विनीमा नेकपा (एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी
ताजा अपडेट
सेञ्चुरी बैंकको शताब्दी बचत खाता, यस्ता छन् सुविधा
काठमाडौं, बैशाख २सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं, वैशाख २ नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी
काठमाडाैंको मेयरका लागि एमालेले सिफारिस गरेका उम्मेदवार यस्ता छन्
काठमाडौं, वैशाख २नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले