बिर्तामोड । झापाको बिर्तामोडमा भन्सार छली गरेर ल्याउँदै गरेको कपडासहित वुधबार विहान एउटा पिकअप नियन्त्रणमा लिइएको छ । काँकरभिट्टा नाकाबाट भन्सार छली गरी कपडा लिएर आउँदै गरेको अवस्थामा को.१ज२४४० नम्बरको पिकअप वाइसीएल झापाको टोलीले नियन्त्रणमा लिएको हो ।

वुधबार विहान ३ बजे बिर्तामोडको भद्रपुर रोडस्थित होण्डा सोरुम नजिकबाट गाडी नियन्त्रणमा लिइएको वाइसीएल झापाका इञ्चार्ज कुमार आचार्यले जानकारी दिए । शंका लागि गाडी पछ्याउने क्रममा गाडी छाडेर चालक फरार भएको उनले बताए । उक्त गाडीसँगै आएको अर्को अन्य संकेत स्पष्ट नभएको ३६०० नम्बरको पिकअप भने त्यहाँबाट भागेको वाइसीएल बिर्तामोड नगर अध्यक्ष सुदिप खवासले बताए ।

डब्लुबी७४पी१४५५ नम्बरको निलो सुजुकी कारसँगै आएको पिकअप नियन्त्रणमा लिइएपछि चालकसहित अन्य मानिस कार छाडेर भागेका थिए ।

कार र नियन्त्रणमा लिइएको पिकअप इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने अवैध सामान लुकाइएको भनिएको गोदाममा प्रहरी र वाइसीएलका कार्यकर्ताहरुले निगरानी गरिरहेको वाइसीएल झापा जिल्ला सदस्य प्रकाश खतिवडाले बताए । पक्राउ परेको पिकअपसहित चारवटा पिकअप अवैधसामान लिएर काँकरभिट्टाबाट बिर्तामोडतर्फ आएको बुझिएको छ । पक्राउ परेको गाडीमा करिब २० लाख मुल्यको सामान रहेको अनुमान गरिएको छ ।स्रोत -परिबेस मिडिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय