हिमाल राई /बराहक्षेत्र
बराहक्षेत्र :- हाटखोला फुटबल क्लब बराहक्षेत्र वडा नं २ का युवाहरुले स्थानिय युवा पिडीहरु किशोर,किशोरी लागू पदार्थ दुर्व्यसनीको लतमा दिन प्रति दिन फसि रहेकोले उक्त गति विघिलाई न्युनिकरण गर्ने उदेश्य राखेर युवाहरुको चाहना दुर्ब्यसन मुक्त समाजको स्थापना भन्ने नारा सहित “प्रथम बराह च्यालेन्ज कप”क्लब स्तरिय नक आउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।
आज भएको उद्घाटन खेलमा सप्तकोशी फुटबल क्लब देवी धाटले चतरा फुटबल क्लबलाई २-१ हराउँदै खेलको विजयी सुरुवात गरेको छ।
६० मिनेटको खेल अवधिमा मध्यान्तर अगाडि सप्तकोशी फुटबल क्लब देवी धाटका भिम बि.क.जर्सी १० ले खेल सुरु भएको २७ मिनेट पहिलो गोल गरेका थिए।
दोस्रो गोल राम साही जर्सी ४ ले ३० मिनेटमा गरेका थिए।
खेलको दोस्रो हाप पछि चतरा फुटबल क्लब जर्सी ८ का दिवस लिम्बूले २७ मिनेटमा १ गोल गरेका थिए।
आजको म्यान अफ द म्याच सप्तकोशी फुटबल क्लबका खेलाडी राम साही भएका थिए उनलाई वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले नगद २ हजार रुपैयाँ तथा ट्रफि प्रदान गर्नु भएको थियो।
हाट खोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवार अनुसार यहिँ मसिर २३ गते देखि पुष ३ गतेसम्म हुने क्लब स्तरिय फुटबल प्रतियोगितामा १० वटा टिमहरुले सहभागीता जनाएको जानकारी दिए।
पुष ३ गते हुने फाइन प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार रु ५१ हजार रुपैयाँ ट्रफी तथा दोस्रो हुने टिमले ट्रफी सहित रु ३१ हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्ने छन्।
उत्कृष्ट खेलाडीले नगद रु ५ हजार रुपैयाँ प्राप्त गर्ने छन।
उत्कृष्ट ५ विधामा नगद रु ३ हजार रुपैयाँका दरले रकम खेलाडीहरुले प्राप्त गर्ने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठ जानकारी गराए।
हाटखोला फुटबल क्लबका सचिव सभा अध्यक्ष रोहित साह प्रमुख अतिथि बराहक्षेत्र नगर पालिका अध्यक्ष निलम खनाल,विशिष्ट अतिथि हरीकृष्ण भट्टराई,सिता पौडेल,टेक माया, नारायण नेपाल,अमर कटुवाल,लाल कुमार राई,जितेन राई,ध्यान बहादुर सुनुवार लगायतको उपस्थित रहेको थियो।
रेडियो सुनसरी चक्रधटीका चर्चित प्रस्तोता सुमन विकलले कार्यक्रम सञ्चालन गरेका थिए।
भोलिको खेल हाट खोला फुटबल क्लब निलो तथा एभरेष्ट फुटबल क्लब नडाहा विच हुने कुरा आयोजक समितिका सचिव रोहित साहले जानकारी दिए।