हिमाल राई बराहक्षेत्र:-
“फाइनल खेल एभरेष्ट फुटबल क्लब तथा जे.एस.आई.सि विच १७ गते हुने छ”
चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम तथा दोस्रो सेमि फाइन खेलमा एभरेष्ट फुटबल क्लबले हाटखोला फुटबल क्लबलाई ५-२ ले हराउँदै फाइन यात्रा तय गरेको छ।
खेलको सुरुवात भएको ३ मिनेटमा हाट खोला फुटबल क्लबका जर्सी नं ३० का खेलाडी बर्तमान राईले १ गोल गरेर क्लबलाई अग्रता दिलाएका थिए।
एभरेष्ट खेलाडी निसान लिम्बूले मध्यन्तर पछि ११,२३ तथा २८ मिनेटमा ३ गोल गरेर गरेका थिए।
सन्जय श्रेष्ठ जर्सी १९ ले १ गोल तथा युबराज श्रेष्ठले १ गोल गरेका थिए।
हाट खोला फुटबल कल्बका जर्सी नं ७ का दिपेस तामाङले १ गोल गरेका थिए।
मध्यन्तर पछि गोलको वर्षा भएको थियो।
५० मिनेट खेल अवधि भर हाटखोला क्लबका खेलाडीहरुले गोल पोष्टमा सहि सदुपयोग गर्न नसक्नुको नै हारको कारण बनेको थियो।
अाजको खेलका म्यान अफ द म्याच निसान लिम्बू घोषित भएका थिए।
लिम्बुलाई खेल प्रेमि तथा आयोजक समितिका उप-अध्यक्ष सकर राईले नगद रु १ हजार रुपैयाँ तथा ट्रफि प्रदान गरेकि थिइन।
प्रथम हुने टिमलाई ४५ हजार तथा ट्रफी दोस्रो हुने टिमलाई २० हजार नगद ट्रफी प्रदान गरीने छ।
फाइनल खेल यही १७ गते एभरेष्ट फुटबल तथा जे.एस.आई.सि.कल्ब विच हुने कुरा आयोजक समितिका सचिव दिनेश राईले जानकारी दिए।
प्रथम ट्रफी मनोज साह तथा दोस्रो ट्रफी मनोज रामले सौजन्य गरेका हुन।
भोलिको मैत्रिपुर्ण खेल:-
एभरेष्ट महिला फुटबल क्लब तथा बेलका महिला फुटबल बिच दिउँसो ३ वजे हुने,अायोजक टिम तथा बराहक्षेत्रका पुर्व खेलाडीहरु विच मैत्रिपुर्ण खेल हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठ जानकारी दिए।