हिमाल राई बराहक्षेत्र:-
चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको सेनि फाइन खेलमा जे.एस.आ.सि फुटबल क्लबले ग्रिन कल्चर फुटबल क्लबलाई ४-१ ले हराउँदै फाइन यात्रा तय गरेको छ।
खेलको सुरुवात भएको १० मिनेटमा ग्रिन कल्चर फुटबल क्लबका जर्सी नं १० का खेलाडी एलन राईले १ गोल गरेर क्लबलाई अग्रता दिलाएका थिए।

जे.एस.आई.सि
सुमन मगरले मध्यन्तरको १७ मिनेटमा जर्सी नं १० ले १ गोल गरेर टिमलाई बराबरीमा पुराएका थिए।
पुनः जे.एस.आई.सि.का खेलाडी सुसन मगरले २ गोल तथा सुसन बस्नेतले २ गोल गरी‌ क्लबलाई जित निस्चित गरेका थिए।
५० मिनेट खेल अवधि भर ग्रिन कल्चर फुटबल क्लबका खेलाडीहरुले गोल पोष्टमा सहि सदुपयोग गर्न नसक्नुको नै हारको कारण बनेको थियो।

अाजको खेलका म्यान अफ द म्याच सुसन मगर घोषित भएका थिए।
मगरलाई खेल प्रेमि तथा आयोजक कल्बका कोष अध्यक्ष प्रियंका (चाम्लिङ) राईले नगद रु १ हजार रुपैयाँ तथा ट्रफि प्रदान गरेकि थिइन।

प्रथम हुने टिमलाई ४५ हजार तथा ट्रफी दोस्रो हुने टिमलाई २० हजार नगद ट्रफी प्रदान गरीने छ।
फाइनल खेल यही १७ गते हुने कुरा आयोजक समितिका सचिव दिनेश राईले जानकारी दिदै भने
प्रथम ट्रफी मनोज साह तथा दोस्रो ट्रफी मनोज रामले सौजन्य गरेका हुन।

भोलि खेल:-
हाट खोला फुटबल क्लब तथा एभरेष्ट फुटबल क्लब हरैंचा मोरङ बिच दिउँसो ३ वजे हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठ जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर