हिमाल राई बराहक्षेत्र:-
बराहक्षेत्र वडा नं १ कुम्भ स्थम्भ अगाडि रहेको खेल मैदानमा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जे.एस.वाई.सी फुटबल क्लबले पन्चकन्या फुटबल क्लबलाई २-० सुन्यले हराउँदै विजयी बनेको छ।
खेलको सुरुवात भएको ४ मिनेटको जे.एस.वाई.सी
खेलाडी डोजाङ राई जर्सी ३ ले १ गोल गरेर मध्यन्तर अगाडि टिमलाई अग्रता दिलाएका थिए।
मध्यन्तर पछि पुनः विजय गरुङ जर्सी नं ६ ले १ गोल गरेर टिमलाई जित निस्चित गरेका थिए।
७० मिनेट खेलमा पन्चकन्या फुटबल क्लबका खेलाडीहरुले गोल पोष्टमा सहि सदुपयोग गर्न नसक्नुको कारण नै हारको प्रमुख कारण बनेको थियो।
अाजको खेलका म्यान अफ द म्याच विजय गरुङ घोषित भएका छन।
गुरुङलाई खेल प्रेमि तथा आयोजक समितिका सदस्य इन्दु सेर्पाले नगद रु १ हजार रुपैयाँ तथा टफि प्रदान गरेका थिए।

प्रथम हुने टिमलाई ४५ हजार तथा ट्रफी दोस्रो हुने टिमलाई २० हजार नगद ट्रफी प्रदान गरीने छ।
फाइनल खेल यही १७ गते हुने कुरा आयोजक समितिका सचिव दिनेश राईले जानकारी गराएका छन्।

भोलिहुने खेल:-एभरेष्ट फुटबल क्लब नडहा तथा इटहरी फुटबल क्लब बिच दिउँसो ३ वजे हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय