उदयपुर
सरकारको वागडोर सम्हालेका प्रतिनिधिका कारण एकल महिलाहरु विभेद्मा परेको एक कार्यक्रमका सहभागिले बताएकाछन् ।
४२ औँ सामाजिक सेवा दिवसको अवसरमा मानव अधिकारको लागि महिला एकल महिला समुहले आयोजना गरेको साधारणसभामा सहभागिहरुले सरकार सञ्चालनका नेतृत्वकर्ताले एकल महिलाका समस्याको सहि विश्लेषण नगर्दा थप पीडामा परेको बताए ।
जनयुद्धमा दुबै पंक्षबाट मारिएका र घरको आयस्रोतको मुख्य अभिभावक गुमाएका परिवार जो सामाजिक र आर्थिकरुपले विछिप्त छ त्यस्तो अवश्थामा राज्यले कहिले भत्ता कटौती त कहिले उमेर हदको कारण देखाउँदै थप पीडा दिएको उनीहरुको आरोप छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद अम्बिका थापाले सामान्ती चिन्तनका कारण अहिले पनि एकल महिला प्रति राज्यको हेर्ने दृष्टिकोण सफा नभएको बताईन् । उनले विभेदकारी व्यवस्थाको अन्त्य भएपनि अवशेषहरु बाँकी रहेकाले एकल महिलाहरु अझै पनि राज्य पंक्षबाटै प्रताडित हुनु परेको बताइन् ।
सांसद थापाले भनिन्, ‘एकल महिला प्रोत्साहनका लागि राज्यले त्यहीँ किसिमका कानुन निर्माण गरी उत्पादनमा जोड दिनु पर्छ । ‘सन्ततीको शिक्षादिक्षामा मात्र समस्या छैन् दुई छाक गर्जो टार्न समस्या छ, उनले भनिन्, ‘त्यसैले एकल महिलाको सिप विकास गरी कार्यान्वयन गर्न अनुदानको व्यवस्था गर्नु पर्छ । सोही अवसरमा सांसद थापाले एकल महिलाको क्षमता विकास गर्न संसदिय कोषबाट एक लाख रुपैँया उपलब्ध गराई सहयोग गर्नेसमेत व्यक्त गरिन् ।
त्यसैगरी अर्का प्रदेश सांसद विमल कार्कीले एकल महिलाको सामाजिक रुपान्तरणका लागि राज्यले ठोस कदम चाल्नु पर्ने धारणा व्यक्त गरे । उनले राज्यका संम्यन्त्रहरुको एकल महिला प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्दैन तवसम्म परिवर्तन सम्भव नभएको बताए ।
सांसद कार्कीले राज्यका नीति भन्दा समाजको थिति वलियो भएका कारण पनि कतिपय बिषयमा राज्यले ठोस कदम चाल्न नसकेको बताए । ‘सामाजिक थिति राज्यभन्दा बलियो र ठुलो छ, उनले भने, ‘तर त्यसले कानुनी बैद्यता नपाउँदा संस्कारहरु बदल्न सकिएको छैन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतम, गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, त्रियुगा नपा वडानं ११का अध्यक्ष विश्वराज भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, गैसस महासंघका अध्यक्ष सुमन परियार, नेपाल नेत्र ज्योति संघका केन्द्रय सदस्य भागवत राउत, मानव अधिकार संजालका अध्यक्ष भरत खड्का, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष माया भण्डारी लगायतले समाजमा एकल महिलाका पीडा अझै पीडादायिक रहेको बताए ।
उनीहरुले धर्मसंस्कृतिको नाममा पनि एकल महिलाहरु प्रताडित हुनु परेको बताए । सहभागिहरुले कानुनी जटिलताका कारण एकल महिलाका सन्ततीले अहिले पनि सहजरुपले नागरिकता पाउन नसकेको बताए । उनीहरुले एकल महिलाको सिप विकास र उत्पादनमा जोडन सके मात्र उनीहरुका दैनिकीमा सहज हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा एकल महिला समुहका अध्यक्ष शोभा दाहालले राज्यका निकायमा एकल महिलाको प्रतिनिधि सुनिश्चित गर्न आरक्षणको व्यवस्था गर्नु पर्ने बताईन् । २२ बर्षको उमेरमा एकल महिला हुँदाको पीडा सुनाउँदै उनले भनिन् राज्यको व्यवस्था परिवर्तन भयो, लोकतन्त्र गणतन्त्र आयो तर एकल महिलाको पंक्षमा कहिले नीति बनेन् ।
‘समय नपुग्दै कमाउने श्रीमान मृत्युको पीडा सहन गार्हो हुदो रहेछ, उनले भनिन्, ‘सन्ततिको शिक्षा, स्वास्थ्य र दुई छाक गर्जो टार्ने घरको पीडा त छदैछ, त्यो माथि पाउँदै आएको एकल महिला भत्ता खोस्ने राज्यले निर्णय गर्छ ।
‘एकल महिलाको पीडा एक पटक आफु र आफ्ना परिवारमा फर्किएर त हेर, उनले भनिन्, ‘मुलुकको परिवर्तनका लागि साहदत भएका ति विर सहिदहरु जो हासी–हासी परिवार त्याग्न तयार भए तर तिनै प्रति किन उपेक्षा ? विभेदकारी व्यवस्थाका कारण एकल महिला अझै पनि पुराना रितिरिवाज र संस्कार मान्न बाध्य भएको उपाध्यक्ष टोटला दाहाल बताउँछिन् ।
कार्यक्रममा एकल महिलाको समुह गठन देखि लिएर अभियानलाई मजवुद बनाउन सहयोग गर्ने सामुदायिक विकास तथा परिवर्तन केन्द्रका पुर्वअध्यक्ष माधवप्रकाश पराजुली, महासचिब राजु तुलाधारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिबिधि र प्रगति प्रतिवेदन सचिब कल्पना ढकाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सानुमैया कार्कीले प्रस्तुत गरेका थिए । संस्थाको बैकल्पिक स्रोतसाधन नहुँदा त्रियुगा नगरपालिकाको सहयोगमा एक बर्षमा एक लाखको मात्र गतिबिधि गरेको कार्कीले बताईन् ।
सचिव राईले संस्था २०६५ देखि सञ्चालनमा आए पनि विधीपुर्वक स्थानीय प्रशासनमा एक बर्षअघि दर्ता भएको बताईन् । उनले स्थापनाकालदेखि हालसम्म एकल महिलाका लागि रंगिन होली, आयआर्जन सम्बन्धि कृयाकलाप, सिपमुलक तालिम, चमेनगृह सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गरिएको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय