हिमाल राई बराहक्षेत्र:-
असोज १० गतेबाट सन्चालनमा आएको वराहक्षेत्र नगर पालिका वडा नं १ स्थित चतरामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको आज भएको दोस्रो खेलमा हाट खोला फुटबल क्लबले राजावास फुटबल क्लबलाई २-१ जित हासिल गरेको छ। हाट खोला फूटबल क्लबका खेलाडी राउल राई जर्सी १४ ले पहिलो गोल गरेर अग्रता दिलाएका थिए। मध्यन्तर अगाडि राजावास फुटबल क्लवका विमल राई जर्सी १४ ले १ गोल गरेर टिमलाई १-१ बरावरीमा पुराएका थिए। मध्यन्तर पछि हाटखोला फुटबल क्लब खेलाडी दिपेस तामाङ जर्सी नं ७ ले १ गोल गरी टिमलाई २-१ ले अग्रता दिलाएका थिए। निर्धारित ८० मिनेटको खेलमा राजावास फुटबल क्लबले गोल गर्ने मौका पाएता पनि पोष्टमा गोल गर्न नसक्नु नै हारको कारण भएको थियो। आजको म्यानवद म्याच हाट खोला क्लबका खेलाडी दिपेस तामाङ भएका थिए। तामाङलाई १ हजार नगद तथा टफि इलाका प्रहरी कार्यालय चतराका असइ नइन्द्र कार्कीले प्रदान गरेका थिए। प्रथम हुने टिमलाई ४५ हजार तथा ट्रफी दोस्रो हुने टिमलाई २० हजार नगद ट्रफी प्रदान गरीने छ। फाइनल खेल यही १७ गते हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठ जानकारी गराएका छन्। मोरङ,उदयपुर र सुनसरी जिल्लाका गरि जम्मा ८ वटा कल्बहरु सहभागी जनाएका छन। भोलिको खेल:- पञ्चकन्या फुटबल क्लब वेलाका ८ उदयपुर तथा जे.एस.आइ.सि सुन्दर हरैंचा मोरङ विच हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय