हिमाल राई बराहक्षेत्र:-
वराहक्षेत्र नगर पालिका वडा नं १ स्थित चतरामा आजबाट प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

आज १० गते उद्घाटन खेलमा आयोजक चतरा फूटबल क्लबका खेलाडी दिवस लिम्बू जर्सी ८ ले पहिलो गोल गरेर अग्रता दिलाएका थिए। दोस्रो गोल सागर वाराकोटी जर्सी १२ ले १ गोल गरेर टिमलाई २ गोलले मध्यन्तर अगाडि अग्रता दिलाएका थिए।
मध्यन्तर पछि ग्रीन कल्चर फुटबल क्लव चक्रघट्टिका कासिम राई जर्सी १२ ले १गोल गरेका थिए।
दोस्रो गोल निसान श्रेष्ठ जर्सी १३ ले पुन १ गोल गरेर टिमलाई २-२ को वरावरी पुराएका थिए।
निर्धारित ७० मिनेटको खेलमा बरावरी टुङ्गिए पछि रेफ्रीले हार जितको निर्णय टाइबेक्ररको आधारमा गरेका थिए।
टाइबेक्ररमा ग्रीन कल्चर फुटबल कल्ब चक्रधटीले ७ -६ चतरा फुटबल क्लबलाई हराएको थियो।
आजको म्यानवद म्याच ग्रिन कल्चर फुटबल क्लबका गोल किपर आसुस बजगाईं भएका थिए।
बजगाईंलाई १ हजार नगद तथा टफि कल्बका अध्यक्ष राज कुमार राईले प्रदान गरेका थिए।
चतरा फुटबल क्लबका सचिव दिनेश राईका अनुशार मोरङ,उदयपुर र सुनसरी जिल्लाका गरि जम्मा ८ वटा कल्बहरु चतरा,ग्रिन कल्चर,पञ्च कन्या फुटबल क्लब बेलका,जे.एस.वाई.सी मोरङ्ग, हाटखोला फुटबल क्लव,राजावास फुटवल क्लब,इटहरी फुटबल क्लव,एभरेस्ट फुटवल क्लबले सहभागी जनाउने छन।
फाइनल प्रतिस्पर्धा यही १७ गते हुने तथा
प्रथम हुने टिमलाई ४५ हजार तथा ट्रफी दोस्रो हुने टिमलाई २० हजार नगद ट्रफी प्रदान गरीने छ।

प्रमुख अतिथि वडा नं १ का अध्यक्ष सुरेस श्रेष्ठले पाँच.आर.डि.नहर पारी मा रहेको खाली जमिनलाई खेलमैदान रुपमा विकास गर्न वडा कार्यालयबाट तत्काल २० हजार प्रदान गर्ने कुरा बताएका थिए।
कल्बका अध्यक्ष राज कुमार राई, प्रमुख अतिथि वडा नं १ का अध्यक्ष सुरेस श्रेष्ठ,बडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराई,विशिष्ट अतिथि दिलिप राई, इलाका प्रहरी कार्यालय चतरा,सशस्त्र वेस क्याम्प लगायत स्थानीय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठ दिएका थिए।
कार्यक्रमको सन्चालन कल्बका सचिव दिनेश राईले गरेका थिए।
भोलिको खेल:-हाट खोला फुटबल क्लब
बराहक्षेत्र वडा नं २र राजावास फुटबल क्लब विच हुने छ।
समय ३ वजे देखि खेल सन्चालन हुने आयोजक ले जानकारी दिएकाछन।

प्रतिक्रिया

सम्बन्धित खवर