बेलका उदयपुर/ साउन २५
नेपाल आदिवासी जनजाति महासंघ बेलका नगरले आज मंगलवार २७ औ विश्व आदिवासी दिवस मनाएको छ।आदिवासी जनजाति महासंघले भवन परिषरमा बृक्षारोपणसंगै शुभकामना आदान प्रदानको कार्यक्रम गरी दिवस मनाएको हो।
कार्यक्रममा बेलका नगर प्रमुख दुर्गा कुमार थापाले बेलका नगरमा आदिवासी जनजाति समुदायको संरक्षण सम्बर्धन र उत्थानका लागि नगर सरकारले कुनै कमि नगरेको बताउदै पहिचान र समानुपातिक समाबेशितामा बेलका नगर सरकार देशमै अब्बल रहेको बताए।
उपमेयर राज कुमारी चौधरीले आदिवासी जनजातिका कार्यक्रममा सहभागि नहुने मै हु भन्ने राजनितिक दलहरु जनजाति बिरोधीहरु भएको र उनीहरु जहिल्यै पनि पिछड़ीएको समुदाय क्षेत्रका पक्षमा नरहेको आजको उपस्थितीले देखाएको बताए ।
जनता समाजवादी पार्टी नेपालका बेलका अध्यक्ष सुरेन्द्र राईले स्थानिय बेलका नगर सरकारले आदिवासी जनजातिका संवालमा पर्याप्त कार्य गर्न नसकेको बताउदै स्थानिय सरकार सबै पक्षको मनोभावना बुझ्न सक्ने हुनुपर्ने बताए।जन समाजवादी पार्टीका नेता मनीकुमार राईले गोठालोका रुपमा रहेकाहरु नै मालिक बनेका बताउदै आदिवासीहरु अब अझ चलाख र सचेत बन्नु पर्ने बताए।
कार्यक्रममा जनजाति नेता तथा संरक्षक कर्ण कुमार श्रेष्ठले नगर सरकारले बेलकाका जनजाति समुदायसंग सम्बन्धित बिकासका बिषयमा अझ बढी सहयोग गर्नु पर्ने बताए।
आदिवासी जनजाति महासंघ बेलका नगरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष ललित राईले अनुपस्थित राजनैतिक दल तथा जनप्रतिनिधीहरु प्रति व्यंग गर्दै आदिवासी जनजातिहरुको आशिर्वाद संगै शुभकामना तथा धन्यवाद भाग्यमानीहरुले मात्र पाउने बताउदै उपस्थिती सहभागीहरुमा शुभकामना व्यक्त गरे।
कार्यक्रममा सहभागीहरुबाट २७ वटा मैन बालेर उद्घाटन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय