हिमाल राई बराहक्षेत्र सुनसरि
वराहक्षेत्र-१ स्वर्गीय आमा विरमायाको स्मृतिमा छोराहरुले स्थापना गरेको विर माया फाउण्डेशनद्बारा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीसंगको समन्वय तथा अौलिया वावा तथा छिनामस्ता सरक्षण मञ्च सह आयोजनामा बोलमव धर्मशालमा रक्तदान कार्यक्रम आज सम्पन्न भएको हो।
कोभिटको महामारी समयमा फाउण्डेशनले यस अगाडि न्यून आय भएका अति बिपन्न परिवार मजदुरहरुलाई घर घरमा पुगेर खाद्यन तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।
विरामिहरुका लागि रगत सेबा दिएर काम गरिरहेको रेडक्रसलाई नियमित रगत आपुर्तिमा समस्या भए पछि विरमाया फाउण्डेशनका अध्यक्ष मनोज तामाङको पहलमा रक्तदान कार्यक्रमको आयोजना भएको हो।
बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा दैनिक ४०-५० आवश्यक पर्छ तर नियमित रक्तदान हुन सकेका छैनन् । कोरोनको कारणले रक्तदान कार्यक्रममा प्रभाव पारेको छ।
तामाङले भने सामाजिक सध सस्थाहरुले कोविडको समयमा पनि सरकारले जारी गरेको मापदण्डलाई पालना गर्दै नियमित रक्तदान कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिए।
कोभिट महामारीको समस्या रक्ता दान कार्यक्रम नभएको र रगतको अभाव हुदै गएकाले रक्तदान कार्यक्रम गरिएको स्वर्गीय विरमाया स्मृति फाउण्डेशनका अध्यक्ष मनोज तामाङ्गले बताए।
कोविडको समय रगतको अभाव कसैले अकालमा मृत्यु वरण गर्नु नपरोस् भन्ने उदेश्य राखेर रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष तामाङले बताए ।
कार्यक्रमको सञ्चालन राजा तामाङले गरेको थियो।
सोही कार्यक्रममा फाउण्डेशको तर्फबाट अौलिया वावा तथा छिनामस्ता संरक्षण मञ्चलाई ५ थान कुर्सी एउटा टेवल समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सुनसरीका सभापति उमेश थापा रहेका थिए ।
कार्यक्रममा जिल्ला उप- सभापति डम्बरप्रसास सिग्देल , वराहक्षेत्र उप- साखा सभापति अोमकुमार शर्मा,वडा नं १ अध्यक्ष सुरेस श्रेष्ठ,वडा सदस्य शुशिला शेर्पा समाजसेवी ममता तामाङ्ग,सुरेन्द्र तामाङ्ग,कृष्ण कट्टेल,रमेश कार्की,अनु गुरुङ, ईश्वर थापा,लक्ष्मी मालाकार, सन्त राई ,तुलसी श्रेष्ठ स्थानीय पत्रकार हिमाल राई,सगम विष्ट लगाएको उपस्थिति रहेको थियो।