उदयपुर
कोभिड–१९ का विरामीलाई लक्षित गरी जाल्पा एकिकृत विकास समाज उदयपुरले हाइजिङ्ग किट (स्वच्छता सामग्री) उपलब्ध गराएको छ ।
अस्पताल र क्वारेन्टिनमा बसेका कोभिडका विरामीलाई सरफाइ सामग्री अभाव हुन नदिन जाल्पाले वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा २ सय सेट स्वच्छता सामाग्री उपलब्ध गराएको हो ।
उक्त सामग्री एक कार्यक्रमका विच संस्थाका सचिब सुमन परियारले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीलाई हस्तान्तरण गरे । संस्थाले कार्यक्षेत्र अन्र्तगत ताप्लि गाउँपालिकामा ७७, स्वास्थ्य कार्यालय मार्फत मदन भण्डारी आईसोलेसन सेन्टरमा ६०, रौतामाई गाउँपालिकामा ५७ र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा ६ सेट पठाएको उनले बताए ।
संस्थाले संक्रमितहरुलाई आईसोलेसनमा बस्दा चाहिने लुगा धुने र नुहाउने सावुन, ब्रसमन्जन, पानी सफा गर्ने पियुस, सेनिटाईजर, नेलकट, तौलिया, महिलाका लागि सेनिटरी प्याडसहित प्रतिसेट ९ सय ८४ रुपैँया बराबरको सरसफाइ सामग्री उपलब्ध गराएको उनले बताए ।
१ लाख ९६ हजार मुल्यको उक्त सामग्री कार्यक्षेत्र भित्रका सबै कोभिड अस्पताल र क्वारेन्टिनमा उपलब्ध गराईएको उनले बताए । सामाग्री हस्तान्तरण गर्दै सचिब परियारले कोभिड विरामीको उपचारमा सहजता र अरुलाई सर्नबाट वचाउन सरसफाइ सामग्रीले सहयोग पुग्ने बताए ।
उनले पछिल्लो समय कोरोनाको महामारी बढ्दै गएकोले सकेसम्म जोगिएर बस्न स्वास्थ्य मापदण्डअनुसार सरसफाइ रहन, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय