हिमाल राई बराहक्षेत्र
गैर आवासिय नेपाली सध (NRNA)को सहयोगमा तथा मोसुको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई अक्सिजन कन्सेटर‌ २ थान उपलब्ध गराएको छ।
सुनसरी तथा मोरङ सेवा समाजको पहलमा समाजका पुर्ब पदाधिकारीहरु अध्यक्ष टि. एन.बराल,रामनाथ भण्डारी,पुर्व सह-कोषाध्यक्ष सोम बहादुर राईहरू द्वारा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अनिल गिरि,अन्जु थापालाई अक्सिजन कन्सेटर‌
हस्तान्तरण गरेका थिए।

डाक्टर अनिल गिरीका अनुसार
प्राथामिक स्वास्थ्य केन्द्र चतराबाट दैनिक २०० देखि २५० जना सर्वसाधारण विरामीहरुलाई सार्वजनिक विदाको‌ दिन बाहेक विहान‌ ७ वजे देखि‌ बेलुका ८ वजे सम्म नि:सुल्क अो.पि.डी.सेवा,२४ अौ घन्टा इमरजेन्सी,फार्मेसी,ल्याव, एक्सरे,प्रसुति सेवा सुविधा तथा हरेक सनिवार मेडिसिन विशेषज्ञ,वाल रोग, हाडजोर्नी,नसा रोग,आखा, भिडियो एक्सरे तथा फिजियोथेरापी लगाएतका गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउदै आएको कुरा डाक्टर अनिल गिरीले बताए।
सुनसरी,उदयपुर,धनकुटा तथा भोजपुर जिल्लाका केही गाउ बस्तिका स्थानीय बासिन्दाहरुले प्राथमिक स्वास्थ्य केन्द्र चतराबाट प्रतक्षे-अप्रतक्षे रुपमा गुणस्तरीय सेवा सुविधा लिईरहेका छन।
दुई जना डाक्टर अनिल गिरी तथा ‌अन्जु थापा लगायतको ३५ जनाको स्वास्थ्यकर्मीहरुको सहयोगमा १० बेडको आधारभुत अस्पतालको रुपमा सन्चालन आइरहेको छ।

एमाले बराहक्षेत्र २ का अध्यक्ष जितेन्द्र राई चन्द्र थापा,लकमान वि.क.विमल राई तथा स्थानीय पत्रकार हिमाल राईको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो।

स्वास्थ्य सामाग्री याहा सम्म ल्याइ दिन महत्वपूर्ण भुमिका खेल्ने बराहक्षेत्र निवासी सुवाश गौतम लगायतका सम्पुर्ण टिमलाई प्रथामिकता स्वास्थ्य केन्द्र चतराको तर्फबाट अनिल गिरीले धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय