हिमाल राई बराहक्षेत्र

बराहक्षेत्र नगर पालिकाको कोरना समक्रमण वृद्धि दर हेर्दा बडा नं १ तथा २ मा केही समय लागि सिल गर्नु पर्ने धारणा स्थानीय बासिन्दाहरु राखेका छन।
बराहक्षेत्र नगर पालिका वार्ड नं १ तथा २ मा‌ कोरना समक्रमण वृद्धि दर हेर्दा केही समयका लागि सिल गर्दा उपयुक्त हुन्छ हुदैन स्थानीय प्रसासन तथा आम नागरीहरुको ध्यान आकर्षण गराउन चाहे?
बराहक्षेत्र नगर पालिका भित्र ६४८ जना पोजेटिभ विरामीहरु रहेको कुरा स्वास्थ्य साखाले जानकारी दिएको छ।
कोरना पोजेटिभ सख्याको वृद्धि दर हेर्ने हो भने वडा नं २ हो हट स्पट सब भन्दा बढी १४७ जना कोरना पोजेटिभ विरामीहरु रहेका छन।कोरनालाई परास्तहरुको सख्या ४०३ पुगेको छ।
वडा नं १ मा ६६ जना गरी जम्मा २१२ कोरना पोजेटिभ रहेको स्वास्थ्य साखाको तथ्याङ्कले जनाउँद छ।
स्थानीय प्रशासन बराह
नगर पालिकाको २०७८/३/१४ गरेको निर्णय अनुसार:- सिल गरिएको क्षेत्र बडा नं १ पुर्वमा बाध खोला।
पश्चिम करम खोला (वडा २ को सिमाना)
उत्तर वन जंगल
दक्षिणमा चारकोशे जंगल पटनाली खोला
सिल गरिएको क्षेत्र बडा नं २
पुनर्वास (साविक बराहक्षेत्र गा.वि.स. वार्ड नं ३) भनिएको छ।
असार १५ गते विहान ५ बजे देखि २२ गते गते राति १२ वजे सम्म लागि सिलबन्दी गरेको छ।
बडा नं १ तथा २ का अन्य गाउ टोल बजार सिल नगरीएको कुरा प्रसासकिय प्रमुख राजेश प्रसाद पोखरेल जानकारी दिएका छन।
उधोग वाणिज्य संघ बराहक्षेत्र सचिव पुष्प पौडेल भने
प्रतेक घर परिवारमा ज्वरो,रुगा खोकि तथा कोरनाका लक्षण भएका विरामीहरुको वडा नं १ तथा २ मा प्रसस्तै मात्रामा रहेका छन भन्दै पौडेल थपे कोरना पोजेटिभ देखिएका विरामीहरु निर्धक्क रुपमा गाउँ घरमा हिँडडुल गरी रहेका छन।
यस बारेमा कसैले अनुगमन हो?
स्थानीय सारदा खड्का भन्छिन
बराहक्षेत्र नगर पालिकाको
कोरना समक्रमण वृद्धि दर हेर्ने भने बडा नं १ तथा २ उच्च जोखिममा रहेको छ।
कोरना वृद्धि दर अोरालो नलागे सम्म वडा १ तथा २ का सम्पुर्ण गाउँ,टोल,बजार पुर्ण रुपमा
सिल गर्नु पर्ने धारणा राखिन।

बडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई भने सङ्का लागेको व्यक्तिहरुलाई एन्टीजोन,पिसि.आर.परीक्षको दायरा बडाउदै लानु पर्ने ठहर गरेका छन।
कोरनाका विरामिहरु गाउँ घरमा प्रसस्तै मात्रमा हुन सक्ने आशंका व्यक्त गर्दै पोजेटिभ विरामी तथा ‌घर परिवारले रोग लुकाएको कारण‌ अनु श्रेष्ठ वर्ष ३५ कि‌ अक्सिजन कमिको कारण अस्पताल लादालादै बाटोमा अकालमा ज्यान गुमाएको धटना हाम्रो सामु छ।

मिति ०७८/३/ १४ गते बडा नं १ कार्यालयमा बराहक्षेत्रका स्वास्थ्यकर्मीहरुको सहयोगमा ११८ जनामा एन्टिजोन परीक्षण गर्दा एकै दिन ६४ जना पोजेटिभ विरामीहरु भेटिएको कुरा स्वास्थ्य जितेश थापाले जानकारी दिदै भने कोरना समक्रमण समुदायमा फैलिसकेको छ भयाभह अवस्था आउन नदिन गाउँ, टोललाई पुर्णरुपमा सिलबन्दी गर्नु बाहेक हामि सग अर्को कुनै विकल्प छैन भन्दै थपे
बराहक्षेत्र नगर पालिका वडा नं २ कोरनाको समक्रमण वृद्धि दर हेर्ने हो भने उच्च जोखिममा
क्षेत्र पर्दछ‌ ।

वडा नं १ का सचिव लक्ष्मण पौडेलले भने कोरना केही होइन भनि‌ सामाजिक दुरी कायम नगरी माक्स नलगाई निर्धक्क रुपमा सार्वजनिक स्थलमा उपस्थित हुने गर्दा नै बडा नं १ तथा २ गाउँ टोल कोरनाको हटस्पट भएको उनको ठहर छ।
वडा नं १ तथा २ मा कोरनाको पोजेटिभ कारण ५ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय