उदयपुर
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीको उपचार तथा रोकथामका लागि वल्र्डभिजनले करिव ३५ लाख बराबरको स्वास्थ्य सामग्री १ नम्बर प्रदेश सरकारलाई उपलब्ध गराएको छ । महामारीबाट बँच्न र बचाउने उद्देश्यले साझेदार संस्थाहरु मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) र जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरको समन्वयमा अक्सिजन सिलिण्डरसहित उक्त सामग्री मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईलाई हस्तान्तरण गरिएको हो ।
तुलनात्मकरुपमा प्रदेश १ मा महामारी नघटेपछि सर्वसाधरणको स्वास्थ्य सुरक्षाका लागि सामाग्री हस्तान्तरण गरिएको वल्र्डभिजनका प्रदेश प्रमुख प्रमिल अधिकारीले बताए । दिनहुँजस्तो संक्रमित र मृत्युदरको संख्या बढ्न थालेपछि तत्काल उपचार अभाव हुन नदिन स्वास्थ्य सामग्री सहयोग गरेको उनले बताए ।
संस्थाले ९ लाख ३२ हजार २ सय ५० मुल्यको ४० लिटरका ५० थान भरेको अक्सिजन, १ लाख ८२ हजारको ७० थान पल्सअक्सोमिटर (औंलामा लगाएर अक्सिजन परीक्षण गर्ने मेसिन, २ लाख ९७ हजार ६ सय ४२ रुपैँयाको १ सय थान पिपिइसेट उपलब्ध गरिएको जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले जानकारी दिए ।
त्यसैगरी २ लाख १० हजार मुल्यको अक्सिजन कन्सन्टे«टर (विद्युतबाट अक्सिजन उत्पादन गर्ने मेसिन) र ६७ हजार २ सय ३५ रुपैँयाको ७० पिस थम्रल टेम्प्रेचरगन (ज्वरो मापक यन्त्र) उपलब्ध गरिएको उनले बताए । यसअघि उदयपुर भरेका ७० थान सिलिन्डर, १ थान अक्सिजन कन्सन्ट्रेटर, ७० थान अक्सिमिटर, ७० थान थर्मल गन, ७० थान पिपिइ सेट ७२ थान केएन ९५ मास्क, १२ प्याकेट सर्जिकल मास्क, १० लिटर सेनिटाईजर र १२ थान सोप लिक्विड पनि हस्तान्रण गरिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए ।
थापाका अनुसार उदयपुरमा हस्तान्तरण गरिएका सामग्रीको मूल्य २५ लाख ११ हजार ७ सय ९२ रुपैयाँ रहेको छ । प्रदेशका १४ जिल्लाभरी कोभिड संक्रमितको उपचार तथा सुरक्षाका लागि आवश्यक्ता अनुसार ती सामग्री वितरण गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
स्वास्थ्य सामग्री बुझ्दै मुख्यमन्त्री राईले कोविड महामारीलाई जित्नका लागि सबै सतर्क हुनु पर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने बताए । सरकारले गरेको निर्णय र स्वास्थ्य मन्त्रालयको निर्देशन अनिवार्य पालना गर्न अपिल गर्दै उनले भने, ‘कोरोना लापरवाहीकैकारण भएको छ, त्यसैले आफ्नो स्वास्थ्यको सुरक्षा सकेसम्म आफैबाट गर्नु पर्छ ।
मुख्यमन्त्री राईले कोरोनाका विरामीको स्वास्थ्य उपचारका लागि प्रदेश सरकारले प्राथामिकतामा राखेर औषधिउपचार गरेको र आगामी बर्षको वजेट पनि स्वास्थ्यमा नै बढि खर्च गर्ने गरी तयारी गरिएको बताए ।
त्यसैगरी सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ रोकथामका लागि प्रदेश सरकारले सबै जिल्लाका अस्पतालको क्षमता विस्कार र दंक्ष जनशक्ति पठाउने गरी तयारी थालिएको बताईन् । उनले जारी निशेधाज्ञाल बिस्तारै संक्रमण दर घट्दै र निको हुने क्रम बढ्दै गएकाले केही दिन अझै घरभित्रै बसेर कोविड नियन्त्रणमा सहयोग गर्न आग्रह गरिन