उदयपुर,गङ्गा राई २०७८
गोर्खा सेमिट्री ट्रष्ट हङकङ र सामाजिक अभियान्ता युकेश राई र संजय राई को विशेष पहलमा ५० थान (portable ventilator)पोर्टेवल भेन्टिलेटर नेपाल आइपुगेको छ।
विश्व माहामारिको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस ले नेपाललाई निकै आक्रान्त पारिरहेकोबेला हङकङ लगायत बिस्वको कुनाकुनामा रहनु भएका नेपालीहरुको सहयोगमा करिब ५० लाख बराबरको सामान खरिद गरि नेपाल पठाएको सेमिट्री ट्रष्टका अध्यक्ष रत्न खिमदिङ ले जानकारी दिनुभयो।
डिजिटल प्रबिधिमा रहेको यस भेन्टिलेटर ले एक पटकमा ४देखि ५ जनालाई प्रयोग गर्न मिल्ने ट्रष्ट्का सचिब अमोद राइले बताउनुभयो।
ट्रष्टका कोषअध्यक्ष देबराज राइका अनुसार उक्त सामान गोर्खा सेमिट्री ट्रष्ट नेपालको टिमले बितरण गर्ने जानकारी दिनुभएकोछ।
नेपाल आइपुगेको सामाग्री गोर्खा सेमिट्री ट्रष्ट नेपालको टिमले बुझीसकेको र स्वास्थ्य बिभाग सङ्ग समन्वय गरि नेपालको विभिन्न सामुदायिक अस्पतालमा बितरण गर्ने ट्रष्टका अध्यक्ष महेन्द्र कुमार राइले बताउनुभएको छ।स्रोतमा अनुसार पहिलो चरणमा आइपुगेको सामान सबैजिल्लामा पुग्न असम्भव भएको र गोर्खा सेमिट्री ट्रष्ट हङकङ र सामाजिक अभियान्ता द्वय को सकृययतामा दोस्रो चरणको सामाग्री करिब १ करोड बराबरको नेपाल पठाउने तयारी भै रहेको छ।