हिमाल राई बराहक्षेत्र सुनसरी
सामाजिक कार्यमा चर्चा परीचर्चा नगरी आफ्नो सामाजिक अभियानलाई भित्री रुपले निरन्तरता दिने सामाजिक अभियानका अभियन्ता हाल यु.के.(लन्डन)मा बसोबास गर्ने नेपाली चेली सुमि(राई) लिम्बूको पहलमा तथा श्री बोधिसत्व विहारका सामाजिक अभियन्ता मास्टर,शन्त शर्मा तथा तिलक बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई ५ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।
सामाजिक अभियन्ता सुमि(चाम्लिङ) लिम्बूले भनिन
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्राथमिक स्वास्थ्य केन्द्र चतरामा कोभिड तथा अन्य विरामीहरुलाई अति आवश्यक पर्ने”अक्सिजन कन्सन्ट्रेटर”उपलब्ध नभए पछि बराहक्षेत्र वडा नं २ बयरवन बजारमा वसेर विगत दुई दशक देखी निरन्तर सामाजिक कार्यमा पत्रकारिता गर्दै आउनु भएका आवर उदयपुरअनलाइक उप सम्पादक आदरणीय‌ अग्रज दाई हिमाल राईको आग्रहलाई स्वीकार गर्दै
प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य सामाग्री “अक्सिजन कन्सन्ट्रेटर ३ थान तथा स्वास्थ्य सामग्री हरु उपलब्ध गराएको कुरा थिइन।
कोरनाले विश्वमा विकराल रुप लिए पछि संसारको कुनै पनि देश कोरनाबाट अछुतो रहन सकेन।
बराहक्षेत्र नगर भित्र पनि कोरनाको सख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ। बडा नं २ कोरनाको हट स्पट रुपमा परीन्त भइ २ जनाको मृत्यु भए पछि स्थानिय निकायले केही समयका लागि सिल गरेको थियो।
प्राथमिक स्वास्थ्य केन्द्र चतरामा”अक्सिजन कन्सन्ट्रेटर अभावमा”कसैले अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने उद्देश्यले हिमाल राई मार्फत स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइ दिएको कुरा सामाजिक अभियन्ता सुमि(राई) लिम्बूले जानकारी दिनुभयो।

प्राथामिक स्वास्थ्य केन्द्र चतरामा दुई जना डाक्टर अनिल गिरी तथा ‌अन्जु थापा लगायतका ३५ जनाको स्वास्थ्यकर्मीहरु द्वारा १० बेडको आधारभुत अस्पतालको रुपमा सन्चालन आइरहेको छ।
०७७\७८ आर्थिक वर्षबाट १५ सैयाको आधारभुत अस्पतालको रुपमा सन्चालन आउने तयारीको साथ भवन निर्माण कार्यको सुभारम्भ भइसकेको छ।
प्राथामिक स्वास्थ्य केन्द्रबाट दैनिक २०० देखि २५० जना सर्वसाधारण विरामीहरुलाई सार्वजनिक विदाको‌ दिन बाहेक विहान‌ ७ वजे देखि‌ बेलुका ८ वजे सम्म नि:सुल्क अो.पि.डी.सेवा,२४ अौ घन्टा इमरजेन्सी,फार्मेसी,ल्याव, एक्सरे,प्रसुति सेवा सुविधा तथा हरेक सनिवार मेडिसिन विशेषज्ञ,वाल रोग, हाडजोर्नी,नसा रोग,आखा, भिडियो एक्सरे तथा फिजियोथेरापी लगाएतका गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउदै आएको कुरा डाक्टर अनिल गिरीले जानकारी दिए।
सुनसरी,उदयपुर,धनकुटा तथा भोजपुर जिल्लाका केही गाउ बस्तिका स्थानीय बासिन्दाहरुले प्राथमिक स्वास्थ्य केन्द्र चतराबाट प्रतक्षे-अप्रतक्षे रुपमा गुणस्तरीय सेवा सुविधा लिईरहेका छन।

सामाजिक अभियन्ता सुमि(राई) लिम्बूको पहलमा हिमाल राई अक्सिजन कन्सन्ट्रेटर ३ थान
धरान अक्सिजन कन्सन्ट्रेटर ५ थान,
ताप्लेजुङ अक्सिजन ‌कन्सन्ट्रेटर ३ थान
एन्टिजोन किट लगाएतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छिन ।
२३ लाख ६५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छिन।

अक्सिजन कन्सन्ट्रेटर ३ थान तथा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य सामग्रीहरु सामान पाए पछि डा. अनिल गिरीले प्राथमिक स्वास्थ्य केन्द्र तर्फबाट सुमि(राई) लिम्बू,श्री बोधिसत्व विहार बुडानिलकण्ठ काठमाडौंका सामाजिक अभियन्ताहरु मास्टर,सन्त शर्मा,तिलक बस्नेत सहितको टिमलाई आभार व्यक्त गर्दै मध्यस्तकर्ता स्थानीय पत्रकार हिमाल राई आभार प्रकट गरे।
बराहक्षेत्र नगरपालिका मियर निलम खनाल बडा नं २ वडा अध्यक्ष हरिकृष्ण भट्टराई,वडा सदस्य धन कुमारी वि.क. डम्बर सिक्देल,अोम कुमार शर्मा,भेष राज धिमिरे,अमर कटुवाल,लाल कुमार राई, ससस्त्र वेस क्याम्प चतरा इनिस्पेक्टर जस बहादुर राई, इलाका प्रहरी कार्यालय चतरा स.इ अमर लावती स्वास्थ्यकर्मीहरु लगायतका उपस्थित स्वास्थ्य सामग्रीहरु‌ हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर