उदयपुर
कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य सामग्री लिएर होमआईसोलेसनमा पुगेको नेपाल आयुर्वेद औषधि व्यवसायी संघले उदयपुरका पत्रकारहरुलाई निःशुल्क रोगप्रतिरोधात्मक आयुर्वेद औषधि उपलब्ध गराएको छ ।
संघले करिब २० हजार बराबरको बिभिन्न ११ किसिमका आयुर्वेद औषधिहरु महासंघलाई हस्तान्तरण गरेको हो । अग्रपंङ्तीमा रहेर काम गर्दै आएका पत्रकारलाई लक्षित गरी संघका अध्यक्ष ओमराज लिम्बुको नेतृत्वमा आएको टोलीले महासंघका अध्यक्ष भरत खड्कालाई सामग्री हस्तान्तरण गरेको हो ।
लिम्बुले कोरोनाबाट सुरक्षित रहन र संक्रमण भएको अवस्थामा पनि रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्धत पुग्ने बताए । ंव्यक्ति विशेषलाई बाँडन गार्हो भएका कारण महासंघको आग्रहमा औषधि उपलब्ध गराइएको उनले बताए । संघमा आवद्ध व्यापारीबाट औषधि संकलन गरी अग्रभागमा रहेका पत्रकार र होमआइसोलेसनमा बसेका संक्रमितलाई उपलब्ध गराएको उनको भनाई छ ।
उपलब्ध सामग्री बुझ्दै महासंघका अध्यक्ष खड्काले सबैको साथसहयोगबाट मात्र महामारी नियन्त्रण हुने बताए । सहयोगी हातहरुलाई धन्यवाद दिँदै अध्यक्ष खड्काले महामारीको भयाभहलाई मध्यनजर गर्दै सामाजिक कार्यमा थप कृयाशिल बन्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर