उदयपुर अन्तराष्ट्रिय नेपालि समाजको देशभर राहत वितरण गर्ने केन्द्रिय योजना अनुरुप एक नम्बर प्रदेशको राहत वितरणमा समाजका केन्द्रिय उपाध्यक्ष झलक बुढाथोकीको नेत्रित्वमा समाजका महिला समिति उपाध्यक्ष नजबुल खान, राष्ट्रिय समिति नेपालका सदस्यहरु रुपा राई र पारु विश्वकर्माको सक्रियतामा उदयपुर जिल्लाको कर्णाली भनेर चिनिने विकट पहाडी बस्ति लिम्चुङबुङ गाउँपालिकामा कोरोना संक्रमण तिब्ररुपमा फैलिईरहेकोले त्यहि ठाउँमा गापाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा रहेका सम्पुर्ण कोरोना संक्रमित विरामिहरुलाई डाक्टरको सल्लाहा बमोजिमको विभिन्न प्रकारका पौष्टिक आहार सामग्री हस्तान्तरण गर्न लागिएको हो। यस समाजको सहयोग हस्तान्तरनमा गापाले तोकेका लिम्चुङबुङ-काठमाडौ समन्वय समाजका संयोजक तबिन्द्र राईले संजोजन गर्नुभएको छ भने राहत सामाग्री उदयपुरको सदरमुकाम स्थित मोतिगडामा लिम्चुङबुङ गापा प्रेस सल्लाहाकार दिनेश राई मार्फत लिम्चुङबुङ गाउँपालिकालाई हस्तान्तरण गर्न लागिएको हो। पौष्टिक आहार सामग्री अन्तरगत १५ बोरा विरामिको लागि राम्रो गुणस्तरको चामल, १० क्रेट अण्डा, १ बोरा चना, १ बोरा मटर, १ बोरा मुगीको दाल, १ कार्टुन ताजा स्याउ, १ कार्टुन ताजा अनार र केहि थान PPE हस्तान्तरण गर्न लागिएको हो। अन्तराष्ट्रिय नेपाली समाजले प्रवासमा रहेका नेपालीहरुको केहि गाँस कटाएर भए पनि आफ्नो मातृभुमिको महामारीलाई परास्त गर्न यो सहयोग पठाइएको अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रिय महाचिव अर्जुन श्री र समाजका अर्का केन्द्रिय उपाध्यक्ष इश्वर राईले बताउनु भयो। अन्तराष्ट्रिय नेपाली समाजको केन्द्रले पठाएको रकम देशभर पुग्नु पर्ने भएकोले यस वितरण केन्द्रमा मात्रै प्रयाप्त नभएकोले यसमा केहि उदयपुरे युवाहरुले पनि रकम थप गरि राहत वितरण व्यापक बनउन सहयोग गर्ने क्रम जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय