उदयपुर
आपतकालिन घडिमा आफ्ना गतिबिधिलाई तिव्रता दिँदै आएको कोभिड–१९ दु्रत प्रतिकार्य समुहले उदयपुरको बेलका नगरपालिकामा होमआइसोलेसन किट उपलब्ध गराएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका बेलका नपा २ तपेश्वरी क्षेत्रका गरिव, अशक्त, दलित, जनजाती लगायतका ३० घर परिवारलाई समुहले आइसोलेसन किट उपलब्ध गराएको हो । रोगसँग प्रतिरोध गर्ने क्षमता विस्तारका लागि सरकारले तय गरेको आइसोलेसन किट अन्र्तगतका पोसिलो खानेकुरा वितरण गरिएको संयोजक भरत खड्काले जानकारी दिए ।
सरकारले संक्रमित परिवारका लागि सकेसम्म घरमै बस्ने वातावरण तय गर्न आइसोलेसन किटअन्र्तगत चना, मटर, सखर, चिउरा, आलु लगायतका सामग्री वितरण गर्न सकिने बताएको छ । समुहले त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीसँगको सहकार्यमा उक्त सामग्री उपलब्ध गराएको खड्काले बताए ।
आर्थिक अभावले पोसिलो खाद्य सामग्री खान नपाउँदा रोगसँग प्रतिरोध गर्ने सामथ्र्य कमजोर हुने देखिएपछि नगरपालिका र वडासँग समन्वय गरी तपेश्वरी क्षेत्र रोजिएको उनले बताए । समुहका प्रदेस समितिका संयोजक महेश्वरी राईको उपस्थितिमा जिल्ला समितिले यसअघि वडानं १६ को शुकौराका १५ र बेलदोभानका १५ गरी तीस परिवारलाई होमआईसोलेसन किट उपलब्ध गराईसकेको छ ।
त्यसक्रममा सामाग्री बुझ्दै वडाध्यक्ष मिश्रीलाल चौधरीले उपलब्ध सामग्री संक्रमित परिवारलाई पुर्याइने प्रतिवद्धता व्यक्त गरे । उनले विपन्न परिवार जो आर्थिक पंक्षसँग पनि जुझीरहेका छन् उनीहरुका लागि पोसिलो खानेकुराले सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीयले राहत, स्वास्थ्य सामग्रीहरु हालसम्म कुनैपनि निकायबाट नपुगेको बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य विचारी सार्की, नगरपालिकाका स्वास्थ्यकर्मीको टिम, समुहका प्रदेश संयोजक महेश्वरी राई, जिल्ला सदस्य सागर नेपाल, माया भण्डारी, सन्तोष बस्नेत, कल्पना राई लगायतको उपस्थिति रहेको थियो ।