हिमाल राई
बराहक्षेत्र नगर पालिका वार्ड १ तथा २ मा कोरना लक्षण भएका- देखिएका विरामीहरुले
वडा नं २ को कार्यालयमा भोलि ११ वजे सम्पर्क गरी एन्टिजोन परीक्षा गर्न आग्रह गरेको छ।
वराहक्षेत्र नगर अस्पताल तथा प्राथामिक स्वास्थ्य केन्द्र चतराको स्वास्थ्यकर्मीहरुको सहयोगमा एन्टीजोन परीक्षण गर्न लागिएको कुरा वडा सचिव गोपाल लम्सालले जानकारी दिदै भन्नु भयो वडा नं १ तथा २ मा दिन प्रतिदिन कोरना पोजेटिभको सख्यामा वृद्धि भए पछि समुदायमा समक्रमण फैलिन नदिने उद्देश्यले एन्टिजोन परीक्षण गर्न लागिएको जानकारी दिदै भने यो समयमा सरकारले जारी गरेको मापदण्डलाई पूर्ण रुपले पालना गर्दै सम्पुर्ण आम नागरिकहरुलाई कठिन परिस्थितिमा सचेत सजक रहदै धर्य धारण गरी घर घरमा वसि दिन लम्सालले आग्रह पनि गरेका छन।
वडा नं २ मा कोरना पोजेटिभ सख्यामा ४५ रहेको वडा नं १ मा ७ जना रहेको छन।
पोजेटिभ सख्या २०६ रहेको छ।
मृत्यु हुनेको संख्या १० पुगेको छ।
निको हुने सख्यामा ४१ पुगेको छ।
५० जनाको पिसी आर रीपोट आउन बाँकी रहेको कुरा स्वास्थ्यकर्मी प्रमोद यादवले जानकारी दिए छन।