
तुलसी निरौला, झापा। झापाको मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
झापाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उनको उपचारका क्रममा मृत्यु भएको बिर्तासिटी हस्पिटलका
जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि गत बैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नेपाली कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झपाका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आफतका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए ।