तुलसी निरौला, झापा
काेराेना संक्रमणको जोखिम बढेको भन्दै सरकारले जारी गरेको निषेधाज्ञाका कारण बजार बन्द हुँदा झापामा दश विगाहा क्षेत्रफलमा लगाईएको खरवुजा, कागती र मेवा बारीमानै कुहिन थालेपछि कृषक मारमा परेका छन्।
झापाको मेचीनगर नगरपालिका–१४ स्थित दुवागढीमा मोडर्न एग्रिकल्चर फार्मकाे दश विगाहा क्षेत्रफलमा लगाईएका खरवुजा, कागती र मेवा बारीमा नै कुहिन थालेको मोडर्न एग्रिकल्चर फार्मका सञ्चालक चन्द्र पौडेलले बताए।
आफू र सौरभकुमार कानुले संयूक्त रुपमा एक करोड भन्दा बढी लगानीमा पहिलो चरणमा खरवुजा, कागती र मेवाको खेती सुरु गरेकाे उनले बताए ।
दश विगाहा मध्ये ७ विगाहमा कागती र मेवा तथा ३ विगाह जग्गामा खरवुजा खेती लगाएकाे भएपनि जारी निषेधाज्ञाका कारण
उत्पादन भएका खरवुजा, कागती र मेवा बजार लान समस्या भएको उनले बताए ।
जारी निषेधाज्ञाका कारण लाखौँ रुपैयाँको फलफुल बारीमा नै कुहिएपछि अाफूहरु समस्यामा परेको उनले बताए।
बजारमा खरवुजा, कागती र मेवाको माग बढ्दो भएपनी निषेधाज्ञाका कारण बजार लान समस्या भएको अर्का सञ्चालक सौरभकुमार कानुले बताए।
समयमा नै खरवुजा, कागती र मेवा बजार पुर्याउन नपाउँदा आफूहरुकाे परिश्रम र लगानी खेर गएको उनले बताए ।
बजारमा खरवुजा, कागती र मेवाको बिक्री गर्न नसक्दा मोडर्न एग्रिकल्चर फार्ममा कार्यरत १० जना मजदुरहरुलाई तलव खुवाउन समस्या हुन थालेको उनले बताए ।