तुलसी निरौला, झापा ।
लुथरन विश्व फेडेरेशनको सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडि झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई बिबिध सामग्री प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ झापा शाखामा आबद्ध कोरोना भाइरसबाट संक्रमित भइ होम आइसोलेशनमा बसेका पत्रकारहरुलाई पौष्टिक आहार, सेनिटाइजर, मास्क, फ़ेससिल्ड लगायतका सामग्री प्रदान
गरिएको हो ।
न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडि झापाका कार्यक्रम संयोजक कुमार चुडालले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रंजित प्रसाई लगायतलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडि झापाले यस अघि झापाको गाैरिगञ्ज गाउँपालिका र झापा गाउँपालिकालाई स्वास्थ्य सामग्री र पाेषण सामग्री प्रदान गरेको सामाजिक संजाल एसएनजेडि झापाका रञ्जन धमलाले जानकारी दिए।