तुलसी निरौला, झापा।
झापाको गौरीगञ्जमा पशु चौपाया चोरी भएकाे छ।
झापा गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ देवीगञ्ज बस्ने मैनलाल यादवको ५ वटा पशुचौपाया चोरी भएको हो ।
आफ्नो गुहालीमा बाँधेर राखेको एक हल गोरु, एक वटा गाई र दुई वटा बाछी चोरी भएको उनले बताए ।
चोरी भएको चौपाया खोजी तलासी गरी पाउँ भनी इलाका प्रहरी कार्यालय गौरीगञ्जमा किटानी जाहेरी दिएकाे उनले बताए । भारतीय सीमा नजिक भएको र सीमा नाकामा आवतजावत बन्द भएको बन्दाबन्दीको समयमा पनि पशुचौपाया चोरी हुन थालेपछी स्थानियवासी त्रसित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर