तुलसी निरौला, झापा। लुथरन विश्व फेडेरेशन नेपाल संगको सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिले झापाकाे गौरिगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री र पाेषण सामग्री प्रदान गरेको छ। समाज कल्याण परिषदको कोभिडमा राहात सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगी हात भन्ने नारालाई आत्मसाथ गर्दै साे सामग्री प्रदान गरिएको हो।
न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिका कार्यक्रम संयोजक कुमार चुडालले गाैरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र गाँउपालिकाका हेल्थ अफिसर रामचन्द्र मिश्रलाई ५ थान हस्पिटल वेड, आइभी स्टेन्ड पीपीइ सेट लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका थिए। त्यस्तै गाैरिगञ्ज गाउँपालिकाका काेराेना संक्रमण भई हाेमआइसोलेसनमा बसेका ४१ जनालाई पौष्टिक आहार समेत प्रदान गरिएकाे न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिका रञ्जन धमलाले जानकारी दिए।
न्याय तथा विकासका लागि सामाजिक संजाल एसएनजेडिले यस अघि झापाकाे झापा गाउँपालिकामा स्वास्थ्य सामग्री र एन्टीजेन किट प्रदान गरेको उनले बताए।