हिमाल राई वराहक्षेत्र,
सुनसरी,बराहक्षेत्र नगर पालिका वडा न.२ पुनर्वासमा जिम हलको निर्माण कार्य सुरु भई २०७७|०२|३० गते निर्माण सम्पन्न भइ सुनसरी क्षेत्र १ का माननिय सांसद जय कुमार राईले सारीरिक ब्यायाम केन्द्रको अौपचारिक कार्यक्रम मिति २०७७|०८| १२ गते समुद्धाट गरेका थिए।
स्थानीय कुमार भट्टराई भन्छन माननीय सासद जय कुमार राईले सारीरिक ब्यायाम केन्द्रको लागि स्थानीय विकास पूर्वधार साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो सांसदिए क्षेत्रमा संसद बिकास कोषवाट ३० लाख रुपैयाँमा सारीरिक ब्यायाम केन्द्रको लागि रकम निकासा गरीदिइ पछि निर्माण कार्यको थालनी भएको थियो।
पहिलो किस्ताको २० लाख रकमवाट व्यायाम केन्द्रको भवन निर्माण उपभोक्ता समिति गठन गर्दा स्थानीय बासिन्दाहरुलाई जानकारी नगराई आफु खुसी मनपरी तरीकाले मिलोमतोमा उपभोक्ता समिति गठन गरी राज्यको रकम दुरुपयोग भएको आशंका गर्दै भन्छन:-३० × ६० इटा,सिमेन्टको र ट्रष्ट जस्ता पाताको छानो लगाएर बनाएको एक तले भवन बनाउन ३० लाख रकम लाग्छ ?प्रति प्रस्न गरेर भने
ब्यायाम केन्द्रको भवन बनाउदा राज्यको रकममा अनमियता भएको प्रष्ट हुन्छ यस वारेमा सम्वन्धित सरोकारवाला निकायको ध्यान आकर्षण होस
स्थानीय कुमार विष्ट भन्छन्:-
निर्माण उपभोक्ता समिति गठन गर्दा स्थानीय राजनैतिक पार्टीका आफना कार्यकर्ताहरुलाई उपभोक्ता समितिमा राखि भष्टाचारको आरोप लागेर अख्तियार मुद्दा खेपिरहेका व्यक्तिलाई उपभोक्ता समितिमा राख्नुले राजनैतिक आशिर्वाद कृपवादले प्रसय पाएर विकासको नाममा राज्यबाट आएको रकम स्थानीय कार्यकर्ता पोस्ने काम हुदै छ र अनमियता भएको कुरा आज छर्लङ्ग भएको छ!
यस्तो प्रवृत्तिको जव सम्म अन्त हुदैन विकास निर्माण कार्य हालत यस्तै हुन्छ।
दोस्रो किस्ताको १० लाख रकम निकासा भई आउदा पनि सारीरिक ब्यायाम केन्द्रलाई चाहिने भौतिक सामाग्रीहरु उपलब्ध नगराइ सारीरिक व्यायाम केन्द्रको भवनमा ढोकामा साचो लगाएर राख्नुले धटना रहस्यमय बन्दै गइरहेको छ।
व्यायाम केन्द्रको भवनमा राजनैतिक दलका कार्यकर्ता हरुले आफ्नो राजनैतिक कार्यक्रम गरी रहेको कुरा
स्थानीय युवाहरुले बताएका छन्।भन्छन् यो सारीरिक व्यायाम केन्द्रको भवनमा राजनैतिक कार्यक्रम हुनु दुख लाग्दो कुरो हो।
डम्वर कार्की भन्छन:-जिम गर्ने समान आइ सकेको छ कि छैन ?३० लाख रुपैयाँमा भवन बनाउदा मात्र खर्च भयो कि? के के कुरा रुपैयाँ खर्च भयो?भवन वन्दा सरकारी अनुगमन टोलीले निरीक्षण-अनुगमन गर्यो कि गरेन?लागत स्टमेट अनुसार भवनको भौतिक संरचना वनेको छ छैन?३० लाख रुपैयाँ रकमको खर्च विवरण (विल भौचर)कसरी पारीत भयो?रकम निकासा भयो?
जनताहरुले राज्यलाई तिरेको रकमवबाट व्यायाम हल बनाउदा रकम दुरुपयोग हुदा पनि सम्वन्धित सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधिहरु र राजनैतिक पार्टीका प्रतिनिधिहरू पसुपती अगाडि निर्जीव बसाहा (साडे)जस्तै मौन मुक दर्शन बस्नुको कारण के हो?
कार्कीले भने
विकास नाममा राज्यबाट आएको रकम बालुवामा पानी हाले सरह भएको छ। यसको ज्वलन्त उदाहरण यो सारीरिक ब्यायाम केन्द्रको भवनलाई लिन सकिन्छ उनले ।
सामाजिक अभियन्ता, युवा नेता सन्तोष श्रेष्ठ भन्छन
सारीरिक व्यायाम केन्द्रको भवन पूर्ण रुपले वनेर माननीय सासद जय कुमार राईले समुदघाटन गरे पनि सारीरिक व्यायाम केन्द्र जिम हल सन्चालन नआउनुको कारण के हो?
निर्माण उपभोक्ता समितिले भवन वनाएर कसलाई हस्तान्तरण गर्यो?सन्चालन समितिको गठन भएको छ छैन?
बराहक्षेत्र वडा नं २ पुनर्वासका स्थानीय माधव थापाले २ कठ्ठा र असोक कार्कीले १ कठ्ठा आफुले भोगचलन गर्दै आएको एलानि(सरकारी) जमिन जिम हलका लागि उपलब्ध गराइदिएका हुन्।
भद्रगोल किरातिले भने व्यायाम हल सन्चालक समिति गठन गर्दा स्थानीय वासिन्दाहरुलाई जानकारी नगराई आफु खुसी मनोमानी तरिकाले १०,११ जना आफ आफ्नो मान्छेहरु बोलाइ कोठे बैठक वसी सन्चालक समिति बनाएको आरोप स्थानीय किरातीले लगाएका छन।
समितिका केही कही व्यक्तिहरुलाई जिम हल देखाएर राज्यबाट रकम दोहन गर्ने कमाइ खाने माध्यम बनाउन लागेको उनको धारणा राखे।
आर्थिक अभावको कारणले हो भने ३० लाख रुपैयाँ स्थानीय विकास पूर्वधार साझेदारी कार्यक्रम अन्तर्गत निकासा भइ आएको हो?के कारणले हो?आज सम्म जिम हलको ढोकामा साचो लगाई बन्द राखि हो ?यस बारेमा कसैले प्रष्ट पार्न हो?
मानव जिवनको लागि अति आवश्यक वस्तु गास,वास,कपास शिक्षा,स्वास्थ्य जस्ता आधारभुत आवश्यकता वस्तु भए झै मानव स्वास्थ्य सरीरीक तन्दुरुस्त रहनको लागि अति महत्वपूर्ण आवश्यक पर्ने व्ययाम(जिम हल) आजको आवश्यक्ता पनि हो। यूवा, यूवती, देखि वृद्ध सम्मका लागि स्वास्थ्य र तन्दुरुस्त रहन चाहिने सामग्रीहरु केन्द्रमा उपलब्ध नहुँदा र ढोकामा साचो लागि रहदा बराहक्षेत्र वडा नं १,२ स्थानीय यूवा पिढीहरु निरास बनेको उनको ठहर छ।
वराहक्षेत्र नगरपालिका वार्ड नं २ वडा अध्यक्ष हरिकृष्ण भट्टराईले भन्नुभयो सारीरिक व्यायाम केन्द्र भवनको निर्माण उपभोक्ता समिति गठन गर्दा वडा कार्यालयलाई जानकारी नगराई आफु खुसी मनोमानी तरिकाले समिति गठन गरेर काम गरेको बताउँदै भने निर्माण सम्पन्न भएको कुरा सुनेको हु।
निर्माण सम्पन्न भएको सिफारिस वडा कार्यालयमा माग्न समितिका पधाधिकारीहरु कोही पनि आजसम्म नआएको बताए।
निर्माण उपभोक्ता समितिका सचिव पकज न्यापाने भने लागत स्टमेट भन्दा बडी काम भएको र १ लाख ५० हजार रुपैयाँ हाड्वेर पसल लगायत अन्यलाई तिर्न बाकी रहेको कुरा गर्दै वताउदै माननिय सांसद जय कुमार राई ज्युले भवन उद्घाटन गरेको दिन बराहक्षेत्र नगर पालिका खेलकुद परिषद्ले डमबेल तथा हेवि मेसिन (स्फिरीङ) उपलब्ध गराएको जानकारी दिए।
अध्यक्ष उपभोक्ता समिति तथा सन्चालन समितिको अध्यक्ष अरुण राईले भने भवन निर्माण सम्पन्न भएको छ सारीरिक ब्यायाम केन्द्रमा चाहिने सामग्रीहरु नहुँदा ढोकामा साचो लगाएको बताए।