हिमाल राई बराहक्षेत्र, सुनसरी
विरमाया स्मृति फाउन्डेसनका अध्यक्ष मनोज तामाङले स्वर्गीय आमा विर माया तामाङको सम्झनामा माता तिर्थ अौसी अथवा आमाको मुख हेर्ने दिन बराहक्षेत्र नगरपालिका भित्र राहत, स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।
कोविड १९ समक्रमित दिन प्रतिदिन वृद्धि भए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले वैशाख १६ देखि २४ गते सम्म निषेधाज्ञा जारी गरेको र कोरनाले विकाराल रुप लिन सक्ने सम्भावना देखे पछी ३१ गते सम्म पूर्ण रुपले निषेधाज्ञा जारी गरेको छ।
बराहक्षेत्र नगरपालिका भित्र रहेका अति बिपन्न,आयश्रोत,असक्त घर परिवारहरु लक्षित गरी
चतरा वयरवन प्रकासपुर,राजावास रहेका २०० धर परीवारहरुको घरदैलोमा पुगी खाध्यान्न,नुन,तेल,साबुन, माक्स उपलब्ध गराएका हुन।
चतरा-वयरवन बजारमा झ्याल पिटे,सुब्बेनी बोजु,बतासे मगर, पूर्णे भुजेल लगायतहरुलाई राहत सामग्री उपलब्ध गराएको हुन।
विरमाया स्मृति फाउन्डेसन अध्यक्ष मनोज तामाङले भने राष्ट्र,राष्ट्रियता,जनताहरु प्रति समर्पित रहेर अग्रपङ्क्तिमा रहेर दिनरात खाटिने सुरक्षाकर्मीहरुलाई इलाका प्रहरी कार्यालय चक्रधटी,अस्थाइ प्रहरी चौकी बाङ्गे,कालाबन्जर,नडाह प्रहरी चौकी प्रकासपुर तथा ससस्त्र प्रहरी वेस क्याम्पमा चतरा पुगि माक्स,सेनिटाइजर,साबुन उपलब्ध गराएका हुन।
बराहक्षेत्र नगर पालिका भित्र रहेका निम्न आयश्रोत भएका अति विपन्न,असहाय,अशक्त गरीब दुखिदहरूलाई लक्षित गरी विरमाया स्मृति फाउन्डेसनले “निःशुल्क एम्बुलेन्स सेवा सुविधा उपलब्ध गराइ रहेको छ।
भन्नु भयो यो संकट कालिन समयमा गरीव,दुखि असक्त असहायहरुले अस्पताल पुग्न एम्बुलेन्स नपाई अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने उद्देश्यले”विरमाया स्मृति फाउन्डेसनले” नि: शुल्क सेवा सुविधा उपलब्ध गराएको हो।
विरमाया स्मृति फाउन्डेसन स्वर्गीय अामा विरमाया तामाङको स्मृतिमा छोराहरू मनोज तथा सुवासहरु तामाङले स्थापना गरेको विसुद्ध सामाजिक सस्था हो।
एम्बुलेन्स सेवा सुविधा लिन निम्न फोन नम्बर सम्पर्क गर्न सकिन्छ कालाबन्जर 9812366777 उधोग वाणिज्य संघ 9842242453, जनहित 9842230969जेसिस 986236550 तथा सुनसरी जिल्ला भित्र रहेका एम्बुलेन्सहरु सहकार्य गरी यो सेवा सुबिधा लिन सकिने फउण्डेशनले जानकारी गराएको छ।
अध्यक्ष मनोज तामाङले जानकारी गराए भने
कसैको घरमा खाध्यान्न नभएर चुलोमा अागो नबले आगो बाल्ने तथा समस्या समाधान गर्न लागि परेका छौ हजुरहरुको साथ सहयोग अपक्षा गर्दै आपत विपतमा सम्पर्क गर्न आग्रह गरे
अध्यक्ष मनोज तामाङ ९८१७३४०२९४ र उपाध्यक्ष सुवास तामाङ ९८४२३७२२३३”विरमाया स्मृति फाउण्डेशन”बराहक्षेत्र सुनसरी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय