चन्द्र राई
विगतको विश्व अर्थतन्त्रलाई नियाल्दा पुजिवादी अर्थतन्त्र पटक-पटक धारासाही बनिरहेको विद्यमान अवस्थालाई निरन्तर्ता दिन वा पूजीवादको उच्चतम अकाङ्क्षा पूरा गर्नका निम्ति यो कोरोना भाइरस सफल रणनीति हो भन्ने लाग्छ । विश्वमा छरिएर रहेको अर्थतन्त्रलाई एकीकृत वा एकाधिकारमा ल्याउन एक योजनाको नाम हुनसक्छ कोरोना भाईरस । र यहि रणनीतिको रूपमा यो महामारिको उत्पति विकास र हङ्गामा गराएका हुन् कि भन्ने अटकलवाजी समेत गर्न थालिएको छ । पराराष्ट्र कुटनैतिक सम्बन्ध जति सुमधुर भए पनि विकशित राष्ट्रहरूले अविकशित एवम् कम विकशित राष्ट्रहरूलाई निस्वार्थ सहयोग गरेर आफ्नो हैसियतमा पुर्याउन चाहदैन । उनिहरूले यसरि नै हावाको रणनीतिक ब्यापारबाट अर्थतन्त्रलाई मजबुद बनाएर त्यस्को केही हिस्सा विकाशोन्मुख राष्ट्रहरूलाई शिक्षा, स्वास्थ्यको नाममा होस वा कुनै प्रयोजनका लागि अनुदान वा रीन सहयोग गरेर आफ्नो प्रभूत्व र हैसियतलाई उच्च राख्न चाहन्छ । यसर्थ पनि सम्भवत विकशित राष्ट्रहरूले स्वास्थ्यको क्षेत्रबाट अर्थतन्त्रलाई एकीकृत गर्ने योजना अनुरुप यो महामरीलाई हङगामा गराएको हुनसक्ने सम्भावना छ ।
जीवन भोगाईकै आधारमा कुरागर्नु पर्दा पनि जाडो र गर्मीमा याममा लाग्ने भाईरल ज्वरो पनि सहन सक्ने किसिमको हुदैन । समयमा औषधि र उपचार पाउन नसके पक्कै मृत्यु गराउछ नै । यस्को उपचारका लागि एजिथ्रोवल, सिटिजेट, र सिटामोल र कहिले कहि एन्ट्वायोटिकसम्म पनि लिने गरिन्छ । र यतिबेला मौसमी भाईरसबाट पनि विरामी हुने सिजन भएकाले ? कोरोना पुष्टि गरिरहेको विरामिको उपचारका लागि पनि WHO ले सिफारिस गरेको औषधिहरू नै प्रयोग गरिन्छ भन्ने बुझिन्छ ! उक्त औषधिको असरले थप असर गरिरहेको छ भन्ने तर्कहरु पनि यतिबेला चर्चामा आईरहेको छ ।
यो कोरोना नाम प्रचार हुनु भन्दा करिव २ हप्ता अगाडि समाचार आएको थियो । समाचारको सुरुवात WHO लाई उदृत गर्दै निकट भविष्यमा नै स्वासप्रस्वासको माध्यमबाट सर्ने एक महामारी फैलने, यस्को फैलावटको गति एकदम द्रुत रहने र यसले गरिव मुलुकरूलाई थप संकट पैदा गर्ने भनियो । यो समाचर सुनिसके पछि सोचे, यो WHO को पुर्वानुमान मात्र होला ! यो अनुमान मात्रैमा सिमित हुन सक्छ कि भन्ने लागेको थियो । तर यो समाचार प्रशारण भएको २ हप्ता नवित्दै चीनको उहान प्रान्तबाट महामारी फैलिएको समाचार बाहिरियो । जतिवेला यो महामारिको नामाकरण सार्बजनिक भैसकेको थिएन । यसरि WHO ले महामारी सम्बन्धी गरेको पुर्वानुमान यति चाडै वास्तविकतामा परिणत भएर आएको जानकारी पाउँदा मलाई कताकता अस्वभाविक भने लाग्यो ।
यो महामारीको बारेमा कोभिड १९ कोरोना भाईरस नामाकरण भइ नेपालको आम नागरिकहरुसम्म प्रचार हुन लगभग ३/४ महिना लागेको थियो । त्यसपछि नेपाल सरकारले पनि केही तदारूपता देखायो । यसपछि यो कोरोना भाईरसको बारेमा प्राकृतिक या कृतिम हो भनि जुन किसिमले चर्चा परिचर्चा हुन थाल्यो । यतिबेला मलाई पनि यो भाईरस कृतिम नै हो भन्नेमा बढि विस्वास थियो । किनकी WHO को सार्बजनिक अभिव्यक्तिको केही समय भित्रै यो भाईरस अस्तित्वमा आएको हो । मलाई लागेको थियो WHO को सन्यन्त्रमा कुनै गोप्य सूचना मार्फत यो भाईरस बनिसकेको जानकारी पश्चात् सार्वजनिक गरिएको हो कि भन्ने लागेको थियो यदि यो भाईरस प्राकृतिक नै भएको भए WHO ले कसरी भन्न सक्थ्यो ? न त WHO ले खोज, अनुसन्धान र परीक्षण गरेको श्रोतरू नै सार्बजनिक भएको थियो ! यसर्थ यो एक भ्रम मात्र सिर्जना गरिएको हो कि भन्ने लाग्छ । अधिकार सम्पन्न WHO लाई तिनै शक्ति राष्ट्रहरूको पूजीवादी अर्थतन्त्रको राजनीतिक दाउपेजमा साक्षी राखिएको त हैन भन्ने अडकलबाजि हुन थालेको छ । यधपी यस्को तथ्य र सत्य भविष्यमा प्रमाणित हुन सक्ला नसक्ला ! अहिलेलाई नेपाल सरकारको नियम पालना गरेर बस्नु पर्दछ । :लेखक -चन्द्र राई, स्वीकार पोष्ट पत्रीका सम्पादक
– नेपाल पत्रकार महासंघ उदयपुर सदस्य