तुलसी निरौला, झापा । झापाकाे मेचीनगर–१५ ज्यामिरगढी निलकाेठिमा रहेको पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्तापछि पूर्ण नियन्त्रणमा आएको छ ।
गत बैशाख २० गते बिहान ३ बजेतिर विद्युत सर्ट भई अचानक सल्किएको आगो एकसाता पछि पूर्ण नियन्त्रणमा आएको हो ।

आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक,उर्लाबारी र कानेपोखरीको ७ वटा दमकल परिचालन गरिएपनि आगो पूर्ण नियन्त्रणमा ल्याउन नसकिएपछि प्रत्येक दिन तीनवटा दमकल, ६ वटा ट्र्याक्टर, २ वटा टिप्पर र ३ वटा एक्जाभेटर प्रयोग गरेर आगाे नियन्त्रण गर्न सकिएको प्रहरीले जनाएको छ।
ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोबाट १३ देखि १५ करोड रुपैयाँसम्म क्षति भएको उद्योगी चण्डी पराजुलीले बताए । आगलागीबाट एउटा पूरै युनिट जलेर नष्ट भएको बताइएको छ।
त्यस्तै आगलागीबाट फ्याक्ट्री, त्यहाँ रहेको मेसिन, ट्र्याक्टर, एक्जाभेटर, कच्चा पदार्थ, तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको सञ्चालक आदित्य पराजुलीले जानकारी दिए । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५५ लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको पराजुलीले बताए ।

करिब तीन वर्ष अघि स्थापना गरिएको फ्याक्ट्री डेढ बिगाह क्षेत्रफलमा फैलिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय