-कविता
—लेखक—
अधिवक्ता शान्ति कुमारी राई
कति खपे पीडा,कति रोएँ -रोएँ,
झन्डै -झन्डै मा त सडक पागल भए,
यस्तै हो जीवन |
जति चोट दिन्छौ,दिईरहू मलाई,
चोटहरुले अब छुदैनन मलाई,
यस्तै हो जीवन |
दुख पीडा झेल्दै जिन्दगि गएछ,
चोट्संग खेल्न जीवन अभ्यस्त भएछ,
यस्तै हो जीवन |
धेरै चोटहरुले प्रुफ भएछ यो दिल,
जति चोट लागे पनि हुदैन कुनै फिल,
यस्तै हो जीवन |
जति नै पिडा चोट पुरयाए पनि,
दुख्दैन मलाई अब,रुदिन कहिल्यै पनि,
यस्तै हो जीवन |
जति पीडा दिन्छौ,उति हास्छु म त,
जति रुवाउन खोजे पनि रुदिना म त,
यस्तै हो जीवन |
चोटै-चोटहरुले ढुंगा भयो यो मन,
जति चोट दिन्छौ,ढुंगासरि हुन्छु मा झन्,
यस्तै हो जीवन |
यस्ता चोटहरू सहे कति-कति ,
चोताहरुले असार गर्दैनन् रत्ति ,
यस्तै हो जीवन |
साभार –मामाबोखामा—
चामलिङ्ग राई भाषामा (मातृभूमी)कबिता संग्रह बाट