तुलसी निरौला, झापा
झापामा काेेराेना संक्रमणको दर बढेसँगै काेराेना संक्रमित विरामीका लागि झापामा प्लाज्मा रगत दान अभियान सुरू गरिएको छ ।सुरूवाती कोठा नेपालको सहजीकरणमा कोरोनाबाट प्रभावित विरामीका लागि झापामा प्लाज्मा रगतदान अभियान सुरू गरिएको हो ।

कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका विरामीको उपचारमा प्लाज्मा रगत अति आवश्यक पर्ने भएकाले ति बिरामीलाई सहयोग गर्न झापामा अभियान सञ्चालन गरिएको सुरुवाती काेठा नेपालका सँयाेजक दीपक दासले बताए।

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिकाे प्लाज्मा रगत काेराेना प्रभावित भएका व्यक्तिलाई आवश्यक रहने भएकोले यो अभियान सुरू गरिएको उनले जानकारी दिए ।
रगत तथा प्लाज्मा दान गर्ने दाताहरुका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सहित निःशुल्क यातायातको व्यवस्था गरिने उनले बताए ।
कोरोनाबाट प्रभावित विरामीका लागि प्लाज्मा रगत रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने हुनाले १ नम्बर प्रदेशका बढी प्रभावित जिल्लालाई लक्षित गरी अभियान सुरू गरिएको दासले बताए ।

विभिन्न प्रकारका विरामीका लागि रगत खोजी, औषधि उद्धारकार्य लगायतका क्षेत्रमा सहजीकरण गरिने उनले बताए ।
साे अभियानमा इमर्जेन्सी रेस्पोन्स सेन्टर, न्याय तथा विकासका लागि सामाजिक सञ्जाल र चेम्बर अफ कमर्स झापाले सहयोगी भूमिका रहने सँस्थाका रञ्जन धमलाले जानकारी दिए।
त्यसैगरी रेडक्रस झापाको प्राविधिक सहयोग रहने प्लाज्मा रगत व्यवस्थापनका फोकल पर्सन विष्णु आचार्यले बताए ।
उनले प्लाज्मा रगत व्यवस्थापनका लागि सहयोग गरिदिन सबैसँग अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर