उदयपुर वैसाख २४
उदयपुरको बेलका नगरपालिका मेअर दुर्गा कुमार थापा (स्वस्ति)ले आफुले चड्दै आएको ५३६ नम्बर को स्कार्पियो गाडी जनताको सेवामा समर्पित गरेको छ |दोश्रो चरणको कोरोना भाइरस (कोभिड १९)को महामारी फैलिएपछी दिनानुदिन संक्रमितको संख्या बढ्दो क्रममा बिरामिले भनेको बेलामा एम्बुलेन्स सेवा नपाउने साथै अन्य बिरामी लाई अझ गारो हुने भएपछी जनताको घरघरमा स्वास्थ्य घुम्ती सिबिर संचालन गर्नको लागि गाडी घुम्तीसिबिर टोलीलाई उपलब्ध गराएको मेअर थापाले जानकारी दिएकाछन्|
पहिलो चरणको को कोभिड महामारिमा पनि निरन्तर ९ महिना सम्म गाडी जनताको निम्ति प्रयोग गरेको थापाले जनाए |घुम्ती सिविरमा डाक्टर,ल्याब टेक्निसियन,सामाजिक मनोविमर्सकर्ता लगाएतको टोलि रहने छ|आवस्यक औषधी समेत बोकेर हिड्ने टोलीले गर्भवती महिलाहरुको जाँच,गर्मि मौसममा हुने बिरामी लगाएत सम्भव भएको सबै खाले बिरामीको जाँच गर्नेछन्||
कोरोना भाइरस को महामारीमाअन्य बिरामीले अस्पतालमा बेड नपाउने, अस्पतालले बिरामीलाई नलिने लगायतका समस्या बढी भएको कारण बाहिर रेफर नगरिनहुने बिरामीहरुको लागि अस्पतालमा आफुले नै पहलगरि उपचार गराउने बातावरण समेत मिलाउने थापाको भनाई छ|महामारिको अन्त्य नभएसम्म घुम्ती सिबिर चलिरहने थापाले बताए |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय