तुलसी निरौला, झापा।
झापामा कोरोना संक्रमणको दर बढेको बेला रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको छ।

रोटरी र रोट्रयाक्ट क्लब अफ मेचीनगरको आयोजनामा झापाका तीन ठाउँमा भएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेकाे राेटरी क्लब अफ मेचीनगरका अध्यक्ष किशाेर क्षेत्रीले बताए।

झापाको धुलावारीमा ३७ जना, चारआलीमा १५ जना र काँकरभिट्टामा ३० जनाले गरि ८२ जनाले रक्तदान गरेको रोट्रयाक्टकी सदस्य करिना पौडेलले जानकारी दिइन् ।

रगतदानमा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको रोटरी क्लबकी सचिव सपना ओडारीले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय