हिमाल राई, सुनसरी
बराहक्षेत्र सुनसरी,शहर बजारको तुलनामा गाउँमा कोरोना संक्रमण अवस्था केही कम भए पनि भयावह हुने अवस्था भने छँदैछ। गाउँका स्थानिय वासिन्दाहरूको अटेरी र अज्ञानताका कारण गाउँ खुला हुँदै गएकाले कोरोनाको संक्रमणको जोखिम मा रहेको छ।
कोरना दोस्रो लह चले पछि सुनसरी जिल्लाले वैशाख १६ गते देखि २४ गते सम्म निषेधाज्ञा जारी गरे पुन ३१ गते सम्म पूर्ण रुपले निषेधाज्ञा लगाइएको छ।

गाउँ घरमा ०७७को लडाउनमा प्रहरी देख्दा भागाभाग हुने अवस्था थियो र घर वाहिर निस्कन जो कोही पनि डराउने अवस्था स्थानीय प्रसासन द्धारा सृर्जना गरेका थिए।तर
हालको लकडाउनमा स्थानीय बासिन्दाहरुले मोटर साइकल, सिटी सफारी लगायत साधनहरु र पसल निर्भिक रुम सन्चालन गरीरहेका छन।
प्रहरीहरु आउदा पसल बन्द गर्ने गएपछि फेरि दोकान पसल भिडभाड उस्तै देखिने गरेको छ।यसको अनुगमन कसैले ‌गर्ने?
बराक्षेत्र स्थित वार्ड १ हाटखोलामा वर्षौ देखि सप्ताहिक रुपमा विहिवारे हाट बजार लाग्दै आए पनि अघिल्लो लकडाउन समयमा हाट पूर्ण रुपमा बन्द भएको थियो।हालको लकडाउनमा पूर्ण रुपमा बन्द रहेको कुरा स्थानीय विजय सर्माले बताए।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्ण रुपले निषेधाज्ञा जारी गरे पनि जनताहरुलाई सेवा दिने नाममा कलकारखाना, व्यापार, व्यवसाय र सवारी साधनहरु निर्वाद रुपमा सञ्चालनमा आइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउन र निषेधाज्ञालाई समेत उल्लंघन र व्यवास्था गर्दै केही वडाहरुमा झिसमिसे देखिने रातमा नपरुन्जेल सम्म तोकिएको मापदण्डको समेत ख्याल नगरी होटेल व्यवसाय यातायातका साधनहरु सञ्चालन गरि रहेका छन् । यसको कसले अनुगमन गर्ने हो? स्थानीय भद्रगोल खम्बूले प्रश्न गरे।
गाँउ, टोल, वजारमा माइकिङ गर्दै नेपाल सरकारले जारी गरेको नियम कढाई र सचेततापूर्वक पालना गर्न स्थानीय सरकारले आग्रह गरिरहेको छ। तर पनि स्थानिय वासिन्दाहरुमा कोरोनाको कुनै डर छैन भने मास्कको प्रयोग र सामाजिक दुरी कायम नगरी भिडभाड हुने गरेको छ । स्थानिय डम्बर कार्कि भन्छन् ,अज्ञानताले हो की अटेरिपनले हो?
नगरपालिका र उद्योग वाणिज्य सङ्घको भूमिका स्पष्ट नभएको स्थानियको गुनासो छ। नेपाल सरकारले लागू गरेको मापदण्डलाई लागु गराउन संघ तथा स्थानिय सरकारको भूमिका महत्वपुर्ण हुनु पर्ने स्थानिय युवा नेता दिपेश बस्नेतले बताए ।
उनले भने, सरकारले जारी गरेको मापदण्ड अनुसार पसल व्यवसाय संचालन भएका छन् कि छैनन्, अनुगमन र निर्देशन गर्नुपर्छ कि पर्दैन? स्थानीय तह र सरोकारवाला निकायको समन्वयको अभावमा प्रभावकारी हुन सकेको छैन । निषेधाज्ञा जारी भएको बेला प्रसासन द्धारा अतिआवश्यक सवारि साधन बाहेक मोटर साइकल, सिटी सफारी, टेम्पो, रिक्सा, म्याजिक, माइक्रो लगाएत सन्चालन पूर्णरूपमा रोक लगाएको छ। सुनसरी प्रसासन कार्यालय अनुसार औषधि पसल बाहेक अन्य व्यवसाय बन्द गरेको छ।
उदयपुर जिल्ला सुनसरी जिल्ला जोड्ने सप्तकोशी नदीको नयाँ पुललाई स्थानीय प्रशासनले संवेदनशील क्षेत्रको रुपमा राखी निगरानी तथा यातायात सन्चालन कडाइ गर्नुपर्ने स्थानीयको भनाइ छ।
स्थानीय दिनेश खम्बू भन्छन् पिसि दायरा बढाई र सरकारी मापदण्ड पूर्णरूपमा लागू नभएसम्म कोरना नियन्त्रणमा आउन सक्दैन त्यसैले जनता र प्रशासन सचेत हुन आवश्यक रहेको उनको ठहर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय