तुलसी निरौला , झापा
झापामा बुधबार कोरोना सङ्क्रमणबाट ७ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार झापा दमक नगरपालिकाका दुई, मेचीनगर नगरपालिकाका दुई, कनकाई नगरपालिकाका एक, बिर्तामोड नगरपालिकाका एक र भद्रपुर नगरपालिकाका एक जनाको मृत्यु भएको छ।
बुधवार झापा दमक वडा नम्बर १ बस्ने ५६ वर्षीय पुरुष ,
त्यस्तै दमक वडा नम्बर २ का ७९ वर्षीय पुरुष,बिर्तामोड-५ बस्ने ७३ वर्षीया वृद्धा ,कनकाई वडा नम्बर ३ बस्ने ४८ वर्षीय पुरुष,मेचीनगर ६ स्थित काँकडभिट्टाकी ५८ वर्षीया महिला,मेचीनगर ६ बस्ने ४८ वर्षीय पुरुष रभद्रपुर नगरपालिका ३ स्थित भैंसाबाडी बस्ने ७० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४२ पुगेको बताइएको छ।
यता बुधबार जिल्लामा थप १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ७९ महिला र ९९ पुरुष रहेका छन्। योसँगै झापामा सक्रिय सङ्क्रमित सङ्ख्या ८९८ पुगेको जनाइएको छ।