हिमाल राई सुनसरी,बराहक्षेत्र
बराहक्षेत्र नगरपालिका वडा नं १,२ रातको समयमा मोटर साइकल चोरीको धटना वृद्धि भएको छ।
बयरवन बजार स्थित सेन्चुरी बैंकमा कार्यरत कर्मचारी मोहन दाहालको को ३१ प९४४ नम्बरको कालो रङ सुपर इस्कुलेडर वैक अगाडि मोटर साइकल पार्किङ गरी राखेको अवस्थामा रातको समयमा हराएको बताउदै भने रातको समयमा बैंकमा सुरक्षा गार्डको रुपमा तैनाथ रहेका अवस्थामा मेरो निजि प्रयोजनको मोटर साइकल पेसेवर चोरले चोरेको हुन सक्ने आशंका गरे।
बराहक्षेत्र नगरपालिका वार्ड नं ९ वस्ने विसाल राईको” को ४ प ६६२६” नम्बर कालो रङको एक्स सि डि १२५ मोटर साइकल घरमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी वयरवन बजार लगे पुगेको र चोरले चोरेको पुरानो मोटर साइकल वराहक्षेत्र वडा नं २ वयरवन बजार छोडी मोहन दाहालको पार्किङ गरी राखेको नया मोटर साइकल पुन चोरी गरी फरार भए प्रहरी बताए।
विसाल राई घरवाट चोरी भएको मोटर साइकल बयरवन बजारमा वेवारिसे अवस्थामा छोडी गएको स्थानिय वासिन्दाहरुले बताए।
विसाल राईले आफ्नो मोटर साइकल भेटाए पछि खुसी हुँदै स्थानिय वासिन्दाहरू प्रहरी धन्यवाद दिए।
उधोग वाणिज्य संघका अध्यक्ष रमेश विष्टले भने साना तिना चोरीको र मोटर साइकल चोरीको धटनामा वृद्धि भएको कुरा देखिएको बताउँदै भने मोहन दाहाल वाहेक ,सुभरा राई, सन्तोष साह,आलोक श्रेष्ठ,राजु कटुवाल र राम राई मोटर साइकल पार्किङ गरेर राखेको स्थानबाट हराएको धटना चोरोमा वृद्धि भएको देखिन्छ।
यस वारेमा सम्वन्धित सरोकारवाला निकायले ध्यान आकर्षण समयमा होस।