शुभकामना सन्देश
नयाँ बर्ष २०७८ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्य सहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको हामीले ठानेका थियौं । तर राजनीतिक अस्थिरतामा आफ्नो भविष्य देख्ने, सधैको किचलो र खिचातानीमा रमाउनेहरुले देशलाई पुरानै बाटोमा फर्काउन नखोजेका भने होइनन् । यद्यपी लामो राजनीतिक परिवर्तन मार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक—सामाजिक रुपान्तरण सहित समृद्धि तर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हाम्रो साझा जिम्मेवारी र दायित्वबाट हामी किंचित पछि हटेका छैनौं र हट्ने पनि छैनौं ।
वितेको झण्डै एक वर्ष कोरोना भाईरस (कोभिड १९) विरुद्धको लडाईको वर्ष रह्यो । आधा समय त लकडाउनमा नै विताउनु पर्याै । र, अझै पनि हामीहरु कोरोना विरुद्धको लडाईमा छौं । त्यसैले हामीले थप स्वास्थ्य सावधानी र सजगता अपनाउनु पर्नेछ ।
थुप्रै प्रतिकुलताका बीच वर्ष २०७७ प्रदेश सरकारका लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रह्यो । तिन वर्ष अघि पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धिको यात्रामा दृढ संकल्पित रहेको विश्वास दिलाउन चाहन्छु ।
हाम्रो प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एवम् समुन्नत वनाउने दायित्व हाम्रो काँधमा छ । नयाँ वर्ष २०७८ विकास निर्माणको महत्वपूर्ण उपलब्धी र परिणामका लागि स्मरणीय वर्षका रुपमा रहने मैले विश्वास लिएको छु । साथै यसका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षाका साथै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु ।
अन्त्यमा, नयाँ आशा, उमंग र उत्साह सहित नयाँ वर्ष २०७८ ले खुसीको संचार सहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
शुभकामना सन्देश
मुख्यमन्त्री
प्रदेश नं १ विराटनगर