हिमाल राई
वराहक्षेत्र नगरपालिका वाड न २ वयरवन बजारमा डेरेन(कल्भट) सफा भएको छ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वयरवन बजारमा रहेको डेरेन(कल्भट)मा फोहोर थुप्रीय पछि पानी निकासामा समस्या आए पछि स्वरोजगार कार्यक्रम फारम भरेका व्यक्तिहरुलाई छानेर१०० दिन रोजगार लगाउने कार्यक्रम अन्तर्गत वडा कार्यालयले प्रतेक व्यक्ति दैनिक ज्याला रु ५१७|-दिएर सफा गर्ने लगाएको कुरा वडा नं २ सचिव गोपाल लम्सालले वताउदै भन्नु भयो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत राज्यले छुटाएको रकम स्वरोजगार कार्यक्रम अन्तर्गत व्यक्ति व्यक्तिहरुलाई काम लगाएर रकम दिनु पर्ने रहेछ।जस्तै यो फोहोर निकाले पछि फोहोर व्यवस्थापन गर्न गाडी प्रयोग गरे वापत स्वरोजगार कार्यक्रमको रकम खर्च गर्ने नपाइने नियम रहेछ।
बराहक्षेत्र वडा नं २ मुख्य व्यापारिक केन्द्र वयरवन बजार डेरेन(कल्भट) वाट फोहोर निकालेर व्यवस्थापन नगर्दा बजार कुरुप प्रदुषित भएको कुरा सुनचाँदी व्यपारिक महेस लोहार बताए भने सम्वन्धित सरोकारवाला निकायले फोहोरलाई चाडो भन्दा व्यवस्थापन गर्न आग्रह गरे।
बडा नं २ वडा अध्यक्ष हरिकृष्ण भट्टराईले भन्नुभयो बडामा बजेट नभएको कारण फोहोर उठाउन नसकिने बताउँदै बजार कुरुप प्रदुषित भएको स्वीकार्दै सम्बन्धित सरोकारवाला निकायको ध्यान आकर्षण गराउने बताए।