चैत्र १७ /किरातीहरुको धार्मिक सास्कृतिक एतिहासिक सस्थलको रुपमा रहेको खुवालुङ अवलोकन गरि खुवालुङ कहिलेपनी नफुट्नेकुरा प्रदेश १ माननीय मुख्यमन्त्री शेरधन राइले राख्नुभएको छ।
दुधकोशी,अरूण र तमोरको सगम सस्थल त्रिवेणी नजिकै पानी मुनि रहेको किरातीहरुको आस्था र धरोहर केन्द्र”खुवालुुङ” ढुंगाले जेडवोड जलयात्रा सन्चालनमा अवरोध पुगेको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा”खुवालुङ”ढुंगा फुटाएर भए पनि जेट वोड पानी जहाज सन्चालन गर्ने अभिव्यक्ति दिए पछि किराति जातिका सध सस्थाहरुले असन्तुष्ट व्यक्त गर्दै
विभिन्न माध्यमबाट सरकारको विरोध गर्दै आएका थिए।
मुख्य मन्त्री सेरधन राई भन्नु भयो :-किरातिहरुको आस्थाको केन्द्र खुवालुङ ढुङ्गालाई फुटाउने योजना र निर्णय कही कतैवाट नभएको स्पष्ट पार्दै खुवालुङको संरक्षण राज्यले गर्ने कुरा व्यक्त गर्दै वरु त्रिवेणीलाई धार्मिक पर्यटकीय रुपमा तीर्थस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुवालुङ कुनैपनी हालतमा नमासिने कुरा बताउनुभयो।
किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईलेभने कुनैपनि जातिको धार्मिक, सास्कृतिक,एतिहासिक महत्वपूर्ण स्थलहरु पहिचान गरी राज्यले नागरिक संरक्षण गरी प्रचार प्रसार ल्याउन सकिन्छ भन्ने कुरा व्यक्त गर्दै खुवालुङ्को वारेमा अहिले चर्चा हुन थाले पछि देशका विभिन्न भागवाट सयौको संख्यामा आन्तरिक पर्यटक भित्र्याई आय आर्जन गर्न सकिने कुरा प्रमाणित गर्नुभएको छ।साथै खुवालुङ को संरक्षण गर्दै वरिपरि पर्यटकिय हिसावले संरचनाहरु निर्माण गर्नुपनेमा जोड दिए।
किरात सभ्यतासँग जोडिएको ‘खु’ नदी ‘वा’ पानी ‘लुङ’ ढुङ्गा खुवालुुङ अर्थात पानी मुनिको ढुंगालाई सरकारले नष्ट गर्नुको साटो संरक्षण गर्नुपर्ने आवाज अहिले देश विदेशमा रहेका नेपाली विच व्यापक रुपमा कुरा उठिरहेको थियो र छ।
किराती सभ्यता विकास हुने क्रमको ऐतिहासिक स्थलको रुपमा किरातीहरुले खुवालुङ ढुङ्गालाई मान्ने गरेका छन् ।
किराती आदिम पुर्खाहरु जेठा माइला र कान्छा ३ भाईहरु खुवालुङवाट छुट्टिएर विभिन्न स्थानमा पुगेको किरातीहरु विश्वास गर्दछन।
मुन्धुममा परिषदका संयोजक इन्द्र खम्बूले किरातीहरुको प्राय मुन्धुममा खुवालुङको वर्णन आउने गरेको कुरा बताउदै भन्नु भयो अरुण र तमोर नदीको संगम स्थल नदीको विच रहेको ढुङ्गा नै किरातीहरुको आस्था र धरोहर केन्द्र खुवालुङ हो।
अरुण, तमोर र दुध कोसीवाट किरातीहरुको ३ दाजु भाई छुटिएर गएको प्रतेक वर्ष मकर रेखामा सूर्य प्रवेश दिन छुट्टीएर गएका दाजु भाईहरु सन्तानहरु भेला भइ मकर संक्रान्ति दिन त्रिवेणी भेला भइ पुजा पाठ गरी कन्तमुल(वन तरुल)खाने र भेट धाट गर्ने प्रचलन आज सम्म विद्यमान रहिआएको खम्बूले बताए।
अवलोकनमा किराया बेलायत का अध्यक्ष ,प्रहरी प्रदेश प्रमुख,उदयपुर,धनकुटा ,सुनसरी ,भोजपुर का जिल्ला प्रशासन प्रमुख,प्रहरी प्रमुख लगायत हजारौं संख्यामा उपस्थित रहेको थियो।