अनिल राई,उदयपुर २०७७चैत्र१४
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरूको संगठन योङ कम्युनिस्ट लिग नेपाल(YCL ) उदयपुरको इन्चार्ज मा दिपक किराती र संयोजकमा ज्ञानेन्द्र मगर ले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएकाछन्|बिधार्थीककाल देखिनै कम्युनिस्ट बिचारमा लागेका इन्चार्ज दिपक किराती २०६१ सालदेखि नै सक्रिय कार्यकर्ता थिए जिल्ला सदस्य,उपाध्यक्ष हुदै इन्चार्ज पाएसंगै आफ्नो आझधेरै कर्तब्य र जिम्मेवारी बढेको राइले बताए|
तेस्तै संयोजकमा ज्ञानेन्द्र मगर चयन भएका छन ।पुर्वान्चल इन्जिनेरीङ क्याम्पस धरान बाट २०६३ साल यता अखिल क्रान्तिकारी बिधार्थी सदस्य हुदै राजनीतिमा प्रबेस गरेका मगर २०७४ संबिधानसभा निर्वाचन,स्थानीय निर्वाचन देखि पूर्णरुपमा सक्रिय हुदै आएको मगरको भनाई छ |
योङ कम्युनिस्ट लिग नेपालको चैत्र ३ गते बसेको पदाधिकारी बैठक र ४ र ५ गते बसेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले ७७ जिल्लाकै इन्चार्ज र संयोजक तोकेको थियो।
जिल्लामा रहने योङ कम्युनिस्ट लिग उदयपुरको ७१ जनाको जिल्ला कमिटी रहने र उदयपुरका ८ वटै पालिकाहरूका युवाहरू समेटिने साथै एक महिना भित्रमा ७७ जिल्ला ,सबै स्थानीय तहमा ycl गठन गरिसक्ने केन्दीय सचिब एबिराज राइले जानकारी दिए |