
हिमाल राई ,सुनसरि
प्राथमिक स्वास्थ्य केन्द्र चतरा नया स्वास्थ्य सेवा उदघाटन स्वास्थ्य उपकरण हस्तान्तरण एवम सम्मान कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख अतिथि प्राथामिक स्वास्थ्य केन्द्र अध्यक्ष र बडा न २ का अध्यक्ष हरिकृष्ण भट्टराई विषिष्ट अथिति वराहक्षेत्र नगर पालिका प्रसासककीय अधिकृत खेमराज पोखरेल रहेको थिए।
न्यू संगिता मेडिकल हल सन्चालक सुरेन्द्र गुप्ताले ५ लाख बराबरको प्राथमिक स्वास्थ्य केन्द्रलाई फिजियोथेरापी स्वास्थ्य उपकरण र अन्य भौतिक सामाग्रीहरु हस्तान्तरण गरेका थिए। आजबाट आखाको उपचार र फिजियोथेरापी सेवा सन्चालन आएको कुरा डा. अनिल गिरीले जानकारी गराए।
बराहक्षेत्र नगर पालिका वडा नं १ कार्यालयले विरामी ११थान वेड ,आइभि स्टेन लगाएत २ लाख वरावरको स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ। प्राथमिक स्वास्थ्य केन्द्रले ०७६/०७७ उत्कृष्ट कर्मचारीहरुलाई समान पत्र दोसला अोढाई सम्मान गरेको छ।
सम्मानित हुने कर्मचारीहरु अ.हे.व र सुचना अधिकृत योगेन्द्र कटेल र कार्यालय सहयोगी पुजन वि.क.लाई सम्मान पत्र दोसल्ला र नगद रु ५ हजार रुपैयाँ प्रदान गरेर छ।
प्रथामिकता स्वास्थ्य केन्द्र चतरा ले वराहक्षेत्र नगरपालिका वडा नं १ नेपाल नेत्र ज्योति संघ धनकुटा श्री SEVA FOUNDATiON नेपाल,
इटहरी आखा अस्पताल इटहरीलाई सम्मान गरेको थियो।